मुस्ताङमा लटरम्म स्याउ

मुस्ताङमा लटरम्म स्याउ

सुन्दरकुमार थकाली

 

प्रचलित भनाइ नै छ, ‘मुस्ताङको स्याउ, चाखेर जाऊ ।’ मुस्ताङ सदरमुकाम जोमसाम आउने पर्यटक यहा“को स्याउ नचाखी रहन पनि सक्दैनन् । घरपझोङ गाउँपालिका–३ पुथाङ विमानस्थलनजिकैका व्यापारदेखि मुक्तिनाथ, कागबेनी, मार्फा, टुकुचे र लेतेलगायतका स्थानमा ‘कोसेली घर’ सञ्चालकसमेत उल्लिखित वाक्यांश प्रयोग गर्दै स्याउ खरिद गर्न लोभ्याउँछन् ।
स्थानीय किसानले उत्पादन गरेको स्याउ थोक मूल्यमा खरिद गरेर प्रतिकेजी १५० मा बिक्री गरिन्छ । पुथाङकी कोसेली घर सञ्चालिका बेली लामा कोसेलीका रूपमा मुस्ताङे स्याउको ‘क्रेज’ बढ्दै गएको बताउ“छिन् ।
‘हवाई जहाजमार्फत बेंसी झर्ने सबै स्याउ किन्न आउँछन्,’ उनी भन्छिन्, ‘यहाँको स्याउ पर्यटकका लागि मुख्य कोसेली नै बनेको छ ।’


यतिखेर मुस्ताङमा स्याउ टिप्ने सिजन धमाधम सुरु हुँदै छ । स्थानीय चाडपर्व नजिकिँदै गर्दा प्रायः गाउँका बगैंचामा लटरम्म स्याउ फलेका छन् । स्थानीय कृषकको मुख्य आयस्रोत मानिएको स्याउ खेतीले वार्षिक अर्थतन्त्र उकास्न महŒवपूर्ण योगदान पु¥याएको छ ।
आसन्न तीज, दसंै र तिहारजस्ता पर्वलाई लक्षित गर्दै स्थानीय तथा जिल्लाबाहिरका स्याउ व्यापारी बगैंचामै धाउन थालेका छन् ।
व्यापारी साउनमै आएर कृषकसँग स्याउको बैना गरी फर्किन्छन् । बैना गरेका व्यापारी अहिले मुस्ताङका बगैंचामा स्याउ टिप्न जुटेका छन् । तीजमा स्याउको माग बढी हुने भएकाले उनीहरू स्याउ टिप्न व्यस्त छन् । तीज सेरोफेरोमा मुस्ताङको करिब ५० प्रतिशत स्याउ प्रदेश मुकाम पोखरा निर्यात हुने गरेको घरपझोङ गाउँपालिका कृषि शाखा प्रमुख विमल खड्काले जानकारी दिए ।


स्याउ खरिदका लागि धादिङ, रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङलगायतका व्यापारी मुस्ताङ आउँछन् । स्याउ बगैंचा मूल्यांकन गरेर मूल्य निर्धारण हुने चिवाङका किसान मदन थकाली बताउ“छन् । ‘खरिद गरेको स्याउ तीजको मौका छोपेर छिटोछिटो टिप्ने गरिन्छ,’ उनी भन्छन्, ‘छिटो टिप्दा अपेक्षा गरिएअनुसारको स्याउमा स्वाद हु“दैन ।’
थासाङ–१ टुकुचेका व्यापारी सुवास थकालीले यस वर्ष स्याउ कम फलेको बताए । टुकुचे, चिवाङ र मार्फाका स्याउ बगंैचा चाहर्दा कम फलेको दाबी उनले गरे । स्याउ व्यापारबाट गत वर्ष ४० लाख घाटा बेहोरेका थकाली यो वर्ष पनि स्याउको व्यापार गर्न कसिएका छन् ।

यतिखेर मुस्ताºमा स्याउ टिप्ने सिजन धमाधम सुरु हु“दै छ । स्थानीय चाडपर्व नजिकि“दै गर्दा प्रायः गाउ“का बगैंचामा लटरम्म स्याउ फलेका छन् । स्थानीय कृषकको मुख्य आयस्रोत मानिएको स्याउ खेतीले वार्षिक अर्थतन्त्र उकास्न महŒवपूर्ण योगदान पु¥याएको छ

‘गत वर्ष बगैंचामै केजीको सय ति¥यौं,’ उनले भने, ‘अहिले प्रतिकेजी ८० रुपैयाँमा खरिद गर्न किसानसँग सहमति भएको छ ।’
मुकाम लैजाँदा अन्य बजारबाट आएका स्याउसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उचित मूल्य पाउन नसकिएको हो । बजारीकरणका लागि पोखरा लैजाँदा यातायात ढुवानीमा बढी खर्चिनुपर्ने दुखेसो किसानको छ ।
गत वर्ष मुस्ताङमा ५३ सय मेट्रिक टन स्याउ उत्पादन भएकामा यो वर्ष घट्न सक्ने अनुमान व्यापारीको छ । यसको यकिन तथ्यांक कात्तिकमा मात्र सार्वजनिक हुने उनीहरू बताउ“छन् ।
उता, बागबानी विकास केन्द्र मार्फाले गत वर्ष २१ सय मेट्रिक टन स्याउ उत्पादन गरेको थियो । ४३ जातका स्याउका बेर्ना पाइए पनि किसानले चार जातका मात्र उत्पादन गर्ने केन्द्र अधिकृत बासुदेव पौडेलको भनाइ छ । उनका अनुसार मुस्ताङको स्याउ बगंैचामा रोयल डेलिसियस, गोल्डेन डेलिसियस, न्यु रोयल डेलिसियस र रेडक्रेप डेलिसियस जातका स्याउ उत्पादन हुने गरेको छ ।


जिल्लामा कुल १ हजार १ सय १५ हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । स्याउ उत्पादन भइरहेको जमिनको क्षेत्रफल भने जम्मा ४ सय १५ हेक्टर मात्र छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङका कोवाङ, लेते, टिटीलगायतका स्थानमा स्याउ खेती विस्थापित हुँदै गएको घरपझोङ गाउँपालिकाका कार्यालय सहयोगी विष्णुप्रसाद पौडेल बताउ“छन् । बर्सेनि जमिनको तापक्रम वृद्धि भइरहेकाले स्याउ उत्पादन क्षमता जोगाउन दिगो जलवायु अनुकूलन व्यवस्थापन गर्नुुपर्ने
उनी बताउ“छन् ।