बेखबर चिठी

बेखबर चिठी

अनामनगर मण्डला थिएटरमा ‘खबर हराएको चिठी’ मञ्चन जारी छ । मण्डला र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन भइरहेको हो । निर्माण कार्यशालाका सहभागीद्वारा लिखित, निर्देशित र अभिनित नाटकले बेपत्ता परिवारको कथा बोलेको छ ।
बेपत्ता परिवारले द्वन्द्व अन्त्य भएको दशक बितिसक्दा पनि भोगिरहेका समस्या ‘खबर हराएको चिठी’ नाटकले उठान गरेको छ । प्रदीपकुमार चौधरी र युवराज शर्माको व्यस्ताका कारण उनीहरूले कार्यशालामा समय दिन सकेनन् । यद्यपि, दुई संस्करण र पूर्ण कार्यशालाको दोस्रो संस्करणबाट राज शाह र नम्रता केसी विषयवस्तु छनोटमा मात्र सहभागी भए । अन्य १२ रंगकर्मीले नाटकमा काम गरेका छन् ।


आकांक्षा कार्की, पशुपति राई, चे शंकर, केदार श्रेष्ठ, सुदाम सिके, सिजन दाहाल, चेतन आङ्थुपो, किरण चाम्लिङ राई, परिवर्तन, पत्रिका घिमिरे, रेनुका कार्की र सोनाम लामाद्वारा लिखित, निर्देशित तथा अभिनित नाटक संवेदनशील र पृथक् देखिन्छ ।
बेपत्ताविरुद्ध अन्तर्राष्ट्रिय दिवसको सम्झनास्वरूप नाटक प्रस्तुत गरिएको हो । जसले सिंहदरबारको निन्द्रा खल्बल्याउनुस“गै पीडित परिवारको व्याथा बोलेको छ ।

रंगकर्मीको यो प्रयास सराहनीय र कदरयोग्य पनि देखिन्छ । राज्यले समेत मलम लगाइदिन नसकेको द्वन्द्वपीडितको घाउलाई सान्त्वना दिने काम रंगमञ्चबाट भएको छ । ‘खबर हराएको चिठी’ नाटकमा चार फरक द्वन्द्वपीडितका मार्मिक कथा छन् ।
सुखा आ“खाको कथास“गै सुरु नाटकमा मनराज खबरे (हुलाकी), जो गाउ“लेलाई खबर सुनाउ“दै हि“ड्छ्न् । जसको छोरा द्वन्द्वकालमा बेपत्ता भएका छन् । उनमा अझै आस छ, छोरो फर्कनेमा । तर, छोरोको भने अहिलेसम्म अत्तोपत्तो छैन । गाउ“मा अरू धेरै बेपत्ता छन्, जुन संख्या दिनौं उकालो लाग्दो छ । बिस्तारै गाउँ पातलिन थाल्छ तर मनराजको तन गाउँबाहिर निस्कन सक्दैन । ‘साकेला’ नाच्न गएको सिलिमाङ्पा हर्कमान बेपत्ता भएपछि नाचै रोकिएको छ ।

आफ्नो संस्कृति रोकिएकामा सबै चिन्तित छन् । उता, हर्कमानकी श्रीमती सन्चमायाको हंस हराएको छ । श्रीमान्को फेटा र ढोलकसाथ हर्कमानको प्रतीक्षा र खोजीले जीवनको अर्को बाटो समाएको छ । ‘खबर हराएको चिठी’भित्र अटाएको अर्को कथा ‘कुरै लौ’ हो । नाटकमा द्वन्द्वपीडितको वेदना र पीडामात्र देखाइएको छैन । पीडितको सामथ्र्य, संघषस“गै
उनीहरूको आवाज कुशलतापूर्वक पस्किएको छ । मण्डलामा मञ्चन हुनुपूर्व नाटक पोखरा थिएटरमा द्वन्द्वपीडितमाझ ‘रिहर्सल’ गरिएर सोही थिएटरमा तीन दिन प्रस्तुत गरिएको थियो ।बेपत्ता परिवारले द्वन्द्व अन्त्य भएको दशक बितिसक्दा पनि भोगिरहेका समस्या नाटकले उठान गरेको छ