माओलाई सलामी

माओलाई सलामी


हस्तबहादुर केसी

१६ जुलाई २०१५ । बिहान ९ बजे हाम्रो नेपाली टोलीलाई चीनको राजधानी बेइजिङस्थित तेयनमेयनचोक पु¥याइयो । सफा आकास । गाडीबाट और्लियौं । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सदस्यद्वय कमरेड साओ लियाङ र जिङज्याङ युया ‘गाइडिङ’ गर्दै थिए । २० सदस्यीय नेपाली टोली ।
गाडीबाट ओर्लिएपछि लामबद्ध हुन भनियो । त्यसै ग¥यौं । कमरेड साओ लियाङले गेटपास ल्याए । उनकै नेतृत्व र निर्देशनमा सुरक्षा चेकजा“चपछि भित्र पस्यौं । ठूलो प्रांगन । साओलियाङको पछि थिएँ, म । एकजना जनामुक्ति सेनाका जवान सुरक्षाका लागि सुरुदेखि हाम्रै साथ थिए ।

फूल समाएका मानिसको ठूलो पंक्ति दुई लाइन भएर अगाडि बढिरहेका देखिन्थे । हाम्रो टोली दायाँपट्टि लामबद्ध भएर अघि बढ्यो । पहिल्यै माओको पार्थिव शरीरमाथि सलामी दिने कार्यक्रम रहेको जानकारी भइसकेको थियो । माओको पार्थिव शरीर राखिएको ठाउँमा ‘कतिखेर पुगिएला ?’ भनेर कौतूहलता जागृत भइरहेको थियो । ‘कतिखेर पुगँुला र माओलाई सलामी दिउँला’ भनेर कौतुलता जागृत भइरहेको थियो । लामो लाइन भएकाले ढिलो गरेरमात्र पाइला अगाडि बढिरहेका थिए ।



जब हाम्रो टोली एउटा विशाल र बढो आकर्षक भवन अगाडि पुग्यो, तब लाग्यो, ‘अब हामी माओमेमोरियल हलनजिकै छौं ।’ लाइन सिढी भएको भवनतिर अगाडिबाट भएर बिस्तारै अगाडि बढिरहेको थियो । हामी पनि त्यहाँ पुग्यौं ।
मूल गेटमा पुग्यौं । दुइवटै लाइन सँगसँगै अगाडि बढेकोले मूल ढोकामा अलि सा“घुरो नै मानिएको थियो । तर त्यस ऐतिहासिक भवन पहिलो हलमा प्रवेश गरियो । बायाँ लाइनमा रहेका माओ अनुयायीले फूलले माओको उपरखुट्टी राखेर कुर्सीमा बसिरहेको, दायाँ हातमा सल्काइएको चुरोटको दृश्य देखिने ठूलो कदमको सुनौलो रंगको शालिकमाथि फूल चढाएर सलामी दिइरहेका दृश्य देखिन्थ्यो ।
हामीले त फूलमाला लिएका थिएनौं । आयोजकले पनि लिनुपर्दछ भनेका थिएनन् । शालिकनजिक पुगेपछि ‘लाल सलाम’ चढाउ“दै अघि बढ्यौं । नेतृत्व साओलियाङले गरिरहेका थिए । अर्को ढोकानजिकै पुगियो । हाम्रो टोली दायाँपट्टीको लाइन भएर अगाडि बढिरहेको थियो । तर, ढोकामा पुगेपछि एउटै लाइनबद्ध भएर प्रवेश गर्नुपर्ने रहेछ । मूलढोका पुग्नेबित्तिकै भित्र हेरेको अ“ध्यारो देखिन्थ्यो ।


माओको शव राखेको ठाउँमा ‘कतिबेला पुगिएला ?’ भनेर उत्सुक थिए । त्यही क्रममा हलभित्र प्रवेश ग¥यौं । बायाँपट्टी पूर्वतिर सिरानी राखेर माओको शव सुताइएको देखियो । जस्ताको तस्तै शरीर, बोलाएपछि उठ्लाजस्तो माओको शव । छातीमाथि चिनियाँ कम्युनिस्ट पार्टीको झण्डा ।
छातीमा र अनुहारमा बढी नै प्रकाश दिइएको रहेछ । अन्य शरीर उज्यालो पर्ने गरी प्रकाश दिएको हुनाले पूरै स्पष्ट देख्न सकिन्थ्यो । शव नबिग्रियोस् भनेर वैज्ञानिकीकरण गरिएको कफिनमा सुरक्षित ढंगले राखिएको रहेछ । उनको पार्थिव शरीरनजिकै पुगेपछि मुठी उठाएर
‘लाल सलामी’ चढायौं । उनका अनगिन्ती योगदानबारे स्मरण गर्ने प्रयास गरियो । माओको पार्थिव शरीरमाथि सलामी चढाउने धोको अन्ततः पूरा भयो ।

माओको पार्थिव शरीरमाथि सलामी चढाउ“दाको क्षण जीवनका लागि ऐतिहासिक अनुभूत भयो । सलामी चढाइसकेपछि नचाह“दा नचाह“दै पछाडि ढोकाबाट बाहिरियौं । उत्तरपट्टि माओ चाउएनलाई नलगायत ऐतिहासिक शालिक, हतियारसहित लालसेना साथमा लडाइ“ लड्काका प्रतिमा सुन्दर ढंगले राखिएको रहेछ । ती सालिकप्रति पनि सलामी चढाएँ । माओ शव राखेको स्थानमा भने फोटो खिच्न प्रतिबन्ध रहेछ । अर्को अत्यन्त व्यवस्थित भवन देखियो । त्यसभित्र युद्धकालीन अवस्थामा लालसेनाले प्रयोग गरेका हतियार र शत्रुबाट जफत हतियार रहेछ ।
माओत्सेतुङ चिनियाँ कम्युनिस्ट पार्टी शिक्षाध्यक्ष मात्र थिएनन्, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेतासमेत थिए, उनी । माओ नयाँ जनवादी क्रान्तिको सिद्धान्तकार एवं प्रयोगकर्ता पनि थिए ।
उनकै नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले १० अगस्ट १९४९ मा चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । माओले त्यसैदिन ‘जनवादी गणतन्त्र चिन’ घोषणा गरे । ऐतिहासिक स्थान तेयनमेयन चोकमै उनको पार्थिव शरीर (शव) अहिलेसम्म सुरक्षित राखिएको छ ।

माओको शव राखेको ठाउ“मा कतिबेला पुगिएला भनेर म निकै उत्सुक थिए“ । त्यही क्रममा हलभित्र प्रवेश ग¥यौं । हामी गइरहेको बाया“पट्टिको भागमा पूर्वतिर सिरानी राखेर माओको शव सुताइएको देखियो । माओको जस्ताको तस्तै शरीर बोलाएपछि उठ्ला जस्तो देखियो ।

सानै उमेरमा कम्युनिस्ट पार्टीप्रति आकर्षित भएर सम्पर्कमा पुगेको थिए“ । कम्युनिस्ट पार्टीमा आबद्ध भएर नेपाली क्रान्ति तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व क्रान्तिबारे त्यतिबेला बढो चासो राखेर अध्ययन गर्ने, केही जान्ने र बुझ्ने मामिलामा हामीबीच प्रतिस्पर्धा नै चल्थ्यो ।


सानो छ“दैदेखि माओत्सेतुङबारे सुन्ने र जान्ने प्रयास गरें । माओबारे थुप्रै किताब अध्ययन गरें । उनका सम्पूर्ण ‘रेडबुक’ खुबै चासोसाथ पढें । माओले ‘महान चिनियाँ जनवादी क्रान्ति’का लागि र विश्व सर्वहारावर्गको मुक्तिका लागि पु¥याएको योगदानबारे राम्ररी अध्ययन गर्दै आएकाले माओप्रति ज्यादै आकर्षित छु । चीन र चिनियाँ क्रान्तिबारे झनै मिहिनेतसाथ पढ्दै आएका थियौं । माओकै देशमा चीन पुगेर पार्थिव शरीरमा भए पनि सलामी दिन पाइएला भनेर कल्पनासमेत गरेको थिएन“ । किनभने चीन पुग्न त्यति सजिलो थिएन ।
तर, मैले काम गरिरहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी–माओवादीले यो अविस्मरणीय मौका प्रदान ग¥यो । पा“चको नेतृत्व गर्दै ७ देखि १७ जुलाई २०१५ मा चीनको ऐतिहासिक अध्ययन भ्रमण गर्ने मौका मिल्यो । चीनिया“ कम्युनिस्ट पार्टीको
अन्तर्राष्ट्रिय विभागले निमन्त्रण गरेको थियो । २०१५ १४ र १५ जुलाईका दिन राजधानी बेइजिङमा आयोजना गरिएको ‘चिनियाँ विशेषतासहितको समाजवाद र त्यसको अर्थ राजनीति’ विषयक गोष्ठीमा भाग लिन आमन्त्रण गरिएको थियो । त्यही ऐतिहासिक अवसरमा हामीलाई विश्वसर्वहारा वर्गका महान् नेता माओको पार्थिव शरीरमाथि सलामी चढाउने ऐतिहासिक र अविस्मरणीय मौका मिलेको हो ।