भ्रष्टाचारविरुद्ध युवा अध्येता

भ्रष्टाचारविरुद्ध युवा अध्येता

 

भक्तपुर बालकोटको एउटा सानो घर । माथिल्लो तलामा सानो पुस्तकालय । निजी प्रयासमा अध्ययनकै लागि बनाइएको पुस्तकालयका नियमित अध्येता हुन्, दिपेश घिमिरे ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग उपप्राध्यापक घिमिरे कि त कक्षाकोठामा भेटिन्छन् या आफ्नै पुस्तकालयमा । उनको पुस्तकालयमा उनकै रुचिको विषयवस्तु सुशासन, भ्रष्टाचार तथा शासन व्यवस्थासँग सम्बन्धित पुस्तक संकलित छन् ।

घिमिरे पछिल्लो समय सुशासन तथा भ्रष्टाचारविरुद्धका विषयवस्तु बौद्धिक अध्ययन बनाउनुपर्छ भनेर लागिपरेका छन् । भ्रष्टाचारले समाजलाई छिन्नभिन्न पारेको छ ।
आर्थिक सामाजिक राजनीतिक क्षेत्रलाई प्रदूषित बनाएको छ । पछिल्लो समय धेरै देशका राजनीतिक संकट भ्रष्टाचारले निम्त्याएको छ । सत्ता परिवर्तन गरेको छ । सामाजिक आन्दोलन सुरु भएका छन् । राजनीतिक प्रणालीमा परिवर्तन ल्याएको छ । नेपाल पनि यसबाट अछुतो छैन ।

उच्च भ्रष्टाचारले नेपाली समाज नै विकृत बनाएको उनको धारणा छ । तर, यही विषयमा बौद्धिक वर्गले अध्ययन अनुसन्धानमा खासै चासो राखिरहेका छैनन् । जसले गर्दा नेपालमा भ्रष्टाचारबारे बहस, कोठे गोष्ठी र चिया गफमै सीमित छन् । यसलाई विहंगम बौद्धिक अध्ययनको विषयवस्तुका रूपमा अझै स्विकार्न नसकेको घिमिरे सुनाउ“छन् । ‘यो विश्वविद्यालयको चौघेराभित्र अझै छिर्न सकेको छैन,’ उनी भन्छन् ।
घिमिरेको पुस्तकालय बनाउने र त्यहा“ नियमित अध्ययन गर्नुको प्रमुख उद्देश्य विश्वविद्यालय अध्ययन अध्यापन तथा बहसमा भ्रष्टाचारसम्बद्ध विषय प्रवेश गराउने हो ।


समाज, संस्कृति, अर्थतन्त्र राजनीति, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा भ्रष्टाचारजन्य क्रियाकलापले ठूलो प्रभाव पारेको उनी बताउ“छन् । ‘कुनै विकास निर्माण गुणस्तर र परिमाण पनि भ्रष्टाचारले निर्धारण गर्दछ तर यही विषयवस्तुबारे विश्वविद्यालयले अध्ययन अध्यापन, बहस तथा छलफल सुरुवात गर्न सकिरहेको छैन,’ उनले भने ।
विश्वविद्यायका अध्येता भ्रष्टाचारबारे बहस र छलफल गर्ने सीमित एनजीओकर्मीको जिम्मामा छाडिदिने उनको आरोप छ । यसले कहिल्यै भ्रष्टाचारका खास कारण र त्यसको समाधान तथा निराकरणका आधार तय गर्न सकिन्न भन्नेमा घिमिरे विश्वस्त छन् । प्राध्यापक तथा विद्यार्थी यस विषयमा आकर्षित हुन सके त्यसले समग्र शासन व्यवस्था सुधार गर्न ठूलो योगदान हुनेमा उनी आशावादी छन् ।

घिमिरेका तीन पुस्तक प्रकाशित छन् । पहिलो पुस्तक ‘पोलिटिकल करप्सन इन नेपाल ः अ सोसियो स्टकचरल प्रस्पेक्टिभ्स’मा उनले राजनीतिक भ्रष्टाचारको सामाजिक कारण खोतल्ने प्रयास गरेका छन् ।
दोस्रो पुस्तक ‘समाज र भ्रष्टाचार ः कारण आयाम र परिणाम’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँगको सहकार्यमा लेखेका छन् । पुस्तक भ्रष्टाचार कसरी समाजसँग जोडिएको विषय हो भन्नेमा केन्द्रीत छ ।
खास किसिमको सामाजिक संरचना तथा सम्बन्धमा भ्रष्टाचार बढ्ने उनको तर्क छ । खासगरी, बलियो कानुनी व्यवस्था, उच्चस्तरको नागरिक चेतना र बलियो सामाजिक सुरक्षा तथा सामाजिक कल्याण व्यवस्था भएको समाजमा कम भ्रष्टाचार हुने दाबी गरिएको छ ।
तेस्रो पुस्तक नेपालमा स्थानीय शासन ः अवधारणा र अभ्यासले नेपालको स्थानीय शासनको ऐतिहासिक विवेचना गर्दै बदलि“दो परिवेशमा स्थानीय सरकारले आफूमा सुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्न ‘के गर्न सक्छन् ?’ भन्ने सन्दर्भ केलाइएको छ ।

दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख छापिएका छन् । जसमा उनले नेपाली समाजको चरित्र र सुशासन अवस्था उधिन्ने प्रयास गरेका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासनसँग सम्बन्धित विषयमा नियमित पत्रपत्रिकामा उनका लेखरचना प्रकाशन भइरहेका छन् ।
भ्रष्टाचारविरुद्धको चेतना अभिवृद्धिका लागि युवापुस्तालाई क्षमता अभिवृद्धिका काममा पनि घिमिरे सक्रियतासाथ संलग्न छन् । ‘मेरो एउटै चाहना अब आउँदै गरेको पुस्ता भ्रष्टाचारबारे शून्य सहनशीलता बोकेर आओस्,’ उनी भन्छन्, ‘यसका लागि उनीहरूलाई विद्यालय तथा विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानमा पनि संलग्न गराउनु
जरुरी छ ।’

भ्रष्टाचार र यसले समाजमा पारेको असरबारे हरेक विद्यार्थी विश्वविद्यालयमै चेतनशील र जागरुक बनोस् भन्ने उनको उद्देश्य हो । कुनै पनि देश विकसित हुने वा अविकसित भन्ने देशमा सुशासन अवस्था कस्तो छ भन्नेले निर्धारण गर्दछ । यदि भ्रष्टाचारको अवस्था उच्च छ र सुशासनको अवस्था कमजोर छ भने त्यस्तो देश अविकासको दुश्चक्रमा फस्न पुग्छ भन्ने उनको अध्ययनले देखाएको छ ।
नेपाल अविकसित हुनुमा धेरै कारण ध्यान दिएर अध्ययन अनुसन्धान भएका छन् । तर, कुशासन तथा भ्रष्टाचारको भूमिकाबारे खासै अध्ययन अनुसन्धान भएका देखि“दैन ।
अनौपचारिक तथ्यांकअनुसार नेपालको कुल विकास बजेटको २६ प्रतिशत रकम भ्रष्टाचार हुने गर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखापरिक्षकको वार्षिक प्रतिवेदनले पनि यसलाई पुष्टि गर्ने आधार दिइरहेको छ ।
यदि कुनै पनि देशमा विकास र समृद्धि सपना देख्ने र त्यसको प्राप्ति गर्ने हो भने भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन प्रमुख सर्त हुने घिमिरेको धारणा छ । यसका लागि विश्वविद्यालयको पर्खालभित्र भ्रष्टाचार र सुशासनसँग सम्बन्धित विषयवस्तुबारे प्रभावकारी बहस र छलफल सुरु हुनैपर्नेमा जोड दिन्छन्, घमिरे ।
‘भ्रष्टाचारलाई प्रमुख सामाजिक समस्याका रूपमा लिने गरिएको छ । यद्यपि, भ्रष्टाचारका कारण तथा यसले निम्त्याएका परिणाम सम्बन्धमा व्यवस्थित अध्ययन अनुसन्धान हुन सकिरहेको छैन,’ उनले भने, ‘नेपालको इतिहास मिहिन रूपमा विश्लेषण गर्ने हो भने भ्रष्टाचार र यसले सत्ता परिवर्तनदेखि शक्तिको फेरबदलमा भ्रष्टाचार भूमिका रहेको छ ।’
भ्रष्टाचार नियन्त्रणका लागि भन्दै धेरैपटक सत्ता पल्टेका छन् । कयौं शासक सत्ताच्यूत भएका छन् । तर, यसबारे व्यवस्थित विधिसंगत ढंगले अध्ययन भएको देखि“दैन । ल