एक सेकेन्डले प्रथम

एक सेकेन्डले प्रथम

कृष्णकुमार मल्ल

मन सिरिङ्ग हुने भीर । त्यसमाथि साइकलका पांग्रा जेनतेन अट्ने गोरेटो । ठाउँठाउँमा अनगिन्ती खाल्डाखुल्डी । मोडको थुप्रो । मनमा प्रतियोगिता जित्ने रहर । साइकल कुदाउँछन् बेसरी, दर्शकको सातोपुत्लो उड्छ । सीमारेखा चुम्छन् ।
प्रतिद्वन्द्वीलाई एक सकेन्डले पछि पार्दै प्रथम हुन्छन्, सुमन तामाङ ।

२६ जेठ २०५४ मा जन्मिएका सुमन तामाङ लालबहादुर र शान्ति तामाङका ज्येष्ठ पुत्र हुन् । उनले विद्यालय तहको पढाइ अस्मिता इङ्लिस स्कुल र उच्च माध्यमिक तह मोलिस कलेजबाट पूरा गरे । हाल पब्लिक युथ कलेजमा ट्र«ाभल एन्ड टुरिज्म स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । बुबाआमाको इच्छा राम्रोसँग पढाउने र चिकित्सक बनाउने थियो । तर, सानैदेखि साइकल चलाउन मन पराउने उनी साथी राजेश मगर र निशान्त शाहको संगत, सहयोग र समर्थनले आफू यस क्षेत्रमा लागेको बताउँछन् । बुबाआमाको इच्छा र आफूले रोजेको बाटो भिन्न भएकाले पारिवारिक सहयोग
पाउन सकेनन् ।

सन् २०१२ देखि व्यावसायिक साइक्लिङ गरेका सुमन त्यतिखेर कक्षा ८ मा अध्ययनरत थिए । कक्षा ९ र १० मा अध्ययन गर्दै गर्दा साइक्लिङलाई निरन्तरता दिन ठूलो संघर्ष गर्नुपरेको तीतो अनुभव सुनाउँछन् । शिक्षक घरमै आएर पूरा समय पढाइमा लाग्न सल्लाह दिँदै बुबाआमालाई समेत अनुरोध गरेका थिए । त्यसैले करिब दुई वर्ष उनले साइक्लिङ अभ्यास गर्न पाएनन् ।
एसएलसी निजिकिँदै गर्दा सन् २०१४ सालमा सञ्चालित जुनियर साइक्लिङ प्रतियोगितामा उनी आफ्नो प्रतिद्वन्द्वीलाई एक सेकेन्डले पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । त्यही बेलाबाट उनले समयको महŒव राम्रोसँग बुझे । विद्यालयका सहप्रअ विनोद दुलालले उनलाई साइक्लिङमा जम्न थप उत्प्रेरणा दिए । त्यसपछि उनी विद्यालयमा प्रेरणाको स्रोत बन्न पुगे । पारिवारिक सहयोग र समर्थन पाउन थाले ।

सानैदेखि साइकल सौखिन उनी आफ्ना साथीको संगत, सहयोग र समर्थनले यस क्षेत्रमा लागेको बताउ“छन्

एलएलसी परीक्षा बीचैमा राष्ट्रिय खेलकुद प्रतियोगितामा छैटौं स्थान हासिल गर्न सफल सुमनले ७६.७९ प्रतिशत ल्याएर आफूलाई पढाइमा समेत अब्बल साबित गरे । उनले कोहिमा डाउन हिल च्याम्पियनसिपमा प्रथम, काठमाडौं माउन्टेन बाइक फेसमा दोस्रो, सातौं हिमालयन आउट डोरमा तेस्रो, मोकोचिङ माउन्टेन बाइक फेस्टिभल (भारतमा सम्पन्न)मा दोस्रो, हिमालयन माउन्टेन बाइक फेस्टिभल (भारतमै सम्पन्न)मा प्रथम, हिमाञ्चाल डाउन हिल माउन्टेन बाइक ट्रफीमा दोस्रो, याक्रु इन्डुरोमा प्रथम, आठौं राष्ट्रिय डाउन हिल च्याम्पियनसिपमा तेस्रो र सातौं राष्ट्रिय डाउन हिल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका छन् ।

साइक्लिङकै क्रममा उनी थाइल्यान्ड, मलेसिया, भारत, चीनलगायताका देश भ्रमण गरिसकेका छन् ।
साइक्लिङ आफैंमा महँगो र साइकल नै पनि महँगो हुने भएको र आफ्नो पारिवारिक अवस्था पनि नाजुक भएकाले समस्या भएको बताउँछन् सुमन । तैपनि, आफ्ना अग्रजको सहयोग, नारली र ग्राभिटी नेपालजस्ता बाइकिङ अर्गनाइजेसनको आर्थिक सहयोगका कारण आफू यो स्थानसम्म पुगेको बताउँछन्, सुमन । युट्युबबाट देखिने भिडियो र आफैंले गर्ने अभ्यासबाहेक उनले अरू प्रशिक्षण लिएका छैनन् । राष्ट्रिय रूपमै साइक्लिङमा समस्या रहेको उनले बताए । सरकारीस्तरबाट साइक्लिङलाई प्राथमिकता दिएको पाइँदैन ।


अझ पनि प्रशिक्षण स्थल नहुन, तालिम केन्द्र नहुनु र राष्ट्रिय रूपमा प्रशिक्षक नभएको उनी बताउ“छन । यतिसम्म कि सन् २०१७ मा चीनमा सम्पन्न ‘एसियन डाउन हिल च्याम्पियनसिप प्रतियोगितामा सुमन र राजेश मगरले नेपालको प्रतिनिधि गरे पनि सरकारबाट कुनै किसिमको आर्थिक सहयोग नपाएको उनले गुनासो गरे । भिसा शुल्क, खानपान र बासलगायतका सम्पूर्ण खर्च निजी संघसंस्थाले बेहोरेर सहयोग गरेको छ ।
नब्बे प्रतिशत खतरा र शून्य प्रतिशत पुरस्कार भएको साइक्लिङ हरेक व्यक्तिलाई समयको महŒव बुझाउने खेल हो । मिलि सेकेन्डले पनि प्रतियोगितामा जितहार हुन सक्ने भएकाले सरकारी तवरबाट पनि यसलाई सहयोग गर्न सके यस खेलले देशलाई विश्वभर परिचित गर्ने उनी बताउँछन् ।