जो रित्तै फर्किए

जो रित्तै फर्किए

रामसूदन तिमिल्सिना

 

इन्डोनेसियामा सम्पन्न एसियाड–२०१८ मा नौवटा देश पदकविहीन रहे । बंगलादेश, भुटान, बु्रनेइ दारुसलाम, माल्दिभ्स, ओमान, प्यालेस्टाइन, श्रीलंका, टिमार लेस्टे र यमन रहेका छन् ।
दक्षिण एसियाली देशबाट पदक नजित्ने देशको संख्या चार रहेको छ । दक्षिण एसियाबाट भारत, नेपाल, पाकिस्तान र अफगानिस्तानले मात्र पदक जिते ।

बंगलादेशले भारोत्तोलन, एथलेटिक्स, थ्रीन अन थ्री बास्केटबल, बिच भलिबल, ब्रिन्ज, रोइङ, गल्फ, कुस्ती, हक्की, कबड्डी, आर्चरी, सुटिङ, पौडी र फुटबल गरी ११७ खेलाडीलाई एसियाडमा सहभागी गराएको थियो ।
भुटानले २४ जना खेलाडीमात्र सहभागी गराएको थियो । भुटानले गल्फ, आर्चरी, तेक्वान्दो र बक्सिङमा सहभागिता जनाएको थियो । त्यसैगरी, बु्रनेइ दारुसलामले भारोत्तोलन, एथलेटिक्स, भोडचढी, गल्फ, कराते, पेनकेसिलाट र उसुमा सहभागिता जनाएको थियो ।

माल्दिभ्सले भने आकस्मिक रूपमा ११६ खेलाडीको सहभागिता गराएको थियो । उनीहरूले आर्चरी, बास्केटबल, भलिबल, बिच भलिब, ब्याडमिन्टन, सुटिङ, पौडी, फुटबल, टेनिस र टेबल टेनिसमा प्रतिस्पर्धा गरेका थिए ।
ओमानले ४६ जना खेलाडीलाई भारोत्तोलन, एथलेटिक्स, बिच भलिबल, हक्की, सुटिङ, सेलबोट, पौडी र टेनिसमा सहभागीता जनाएको थियो । प्यालेस्टाइनका ४७ खेलाडीले भारोत्तोलन, एथलेटिक्स, बिच भलिबल, कुस्ती, जुडो, जुजिट्सु, कराते, कुरास, पौडी, फुटबल, तेक्वान्दो र ट्रायथलनमा भाग लिएका थिए । उनीहरूले त्यहाँ राम्रो प्रदर्शन गरे ।
श्रीलंकाले १७२ खेलाडीलाई एसियाडमा सहभागी गरायो । भारोत्तोलन, एथलेटिक्स, आचरी, थ्रीन अन थ्री बास्केटबल, भलिबल, बिच भलिबल, बेसबल, ब्याडमिन्टन, रोइङ, गल्फ, कुस्ती, हक्कसी, कबड्डी, क्यानोइङ, कराते, सेलबोट, पौडी, रग्बी, जिम्न्यास्टिक, स्केट, स्क्वास, तेक्वान्दो, टेनिस, टेबलटेनिस, बक्सिङ, ट्रायथलन र उसु रहेका थिए ।
टिमोर लिस्टे ६७ खेलाडीका साथ एसियाडमा सहभागी भएको थियो । भारोत्तोलान, एथलेटिक्स, बिच भलिबल, कराते, सुटिङ, पेनके सिलात, फुटबल, साइक्लिङ, माउन्टेन बाइक, पौडी, तेक्वान्दो, टेनिस र बक्सिङमा टिमोर लिस्टेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सबै पदकविहीन भएर फर्के ।

दक्षिण एसियाबाट पदक नजित्ने देशको संख्या चार रहेकोछ । दक्षिण एसियाबाट भारत, नेपाल, पाकिस्तान रअफगानिस्तानले मात्र पदक जिते

नेपाल भने पदकविहीन हुनबाट जोगियो । नेपालका लागि पहिलोपटक सहभागिता जनाएको प्याराग्लाइडिङले रजत पदक दिलाएको थियो । प्यराग्लाइडिङको क्रस कन्ट्री पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको हो । नेपालले २० वर्षपछि मात्र एसियाडमा रजत पदक जित्न सफल भएको थियो । जसले गर्दा यो एसियाड नेपालका लागि ऐतिहासिक बन्न पुगेको छ ।
४५ देश सहभागी नेपाल ३३औं स्थानमा रहन सफल भएको छ । नेपाल पछि पाकिस्तान ३४औं स्थानमा छ । पाकिस्तानले चार कांस्य पदक जितेको थियो । त्यसपछि अफगानिस्तानले २ कांस्य जितेको थियो । दक्षिण एसियाली देशको हकमा भारतले सर्वाधिक पदक जित्यो ।

भारतले यसपटकको एसियाडमा उत्कृष्ट प्रदर्शन गरेको थियो । १५ स्वर्ण, २४ रजत र ३० कांस्य गरी भारतले ६९ पदक जित्यो । म्यानमारले २ र सिरियाले १ कांस्य जितेर पदकविहीन हुनबाट जोगिएका थिए ।
यसपटकको एसियाडमा पनि चीन शीर्ष स्थानमा रह्यो । चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कांस्यल गरी कुल २८९ पदक जितेको छ । दोस्रो स्थानमा जापान रहेको छ । जापानले ७५ स्वर्ण, ५६ रजत र ७५ कांस्य गरी २०५ पदक जितेको छ । ४९ स्वर्ण, ५८ रजत र ७० कांस्य गरी कोरिया तेस्रो स्थानमा रहेको छ । आयोजक इन्डोनेसिया चौथो स्थानमा रह्यो । ३१ स्वर्ण, २४ रजत र ४३ कांस्य गरी इन्डोनेसियाले कुल ९८ पदक जितेको छ । ल