विकृतिको चाङमुनि तीज

विकृतिको चाङमुनि तीज


एचके श्रेष्ठ

समाजको इतिहासदेखि नै मानव जीवन कुनै न कुनै सांस्कृतिक धरातलमा रहेको हुन्छ । चाडवाड, रीतिरिवाज, खानपान, रहनसहन, विवाह, व्रतबन्ध, लवाई, धर्म इत्यादि वा मानव जीवनसँग सम्बन्धित कुनै पनि पक्षहरूका संगठित नाम संस्कृति हो । चाडपर्व सांस्कृतिक पाटो हो । सभ्यताअनुसार संस्कृति फरकफरक हुनु स्वाभाविक हुन्छ । प्राचीन समाजदेखि नै चाडपर्व मनाउँदै आएको परम्परा भएजस्तै संसारकै पुरानो धर्म मानिने हिन्दू धर्मले पनि विभिन्न सांस्कृतिक गोरेटोमा विविध चाडपर्व अँगाल्दै आएको कुरा पौराणिक कथाहरू साक्षी छन् । जो सामाजिक सांस्कृतिक मान्यताका रूपमा स्थापित हुँदै आएका छन् । तिनै चाडपर्वमध्येको एक महŒवपूर्ण हिन्दू नारी पर्व हो, हरितालिका तीज ।

मिथिकल पृष्ठभूमि

हिन्दू पौराणिक कथाअनुसार पर्वत राजाले छोरी परी पार्वतीको बिहे देवता विष्णुसँग गरिदिने निधो गरे । जुन पार्वतीको इच्छाविपरीत थियो । उनलाई मन परेको थिएन । कारण पार्वतीले महादेव शंकरलाई पति बनाउने ठूलो इच्छा रहेछ । यसर्थ पार्वती विष्णुसँग बिहे गर्नुभन्दा आत्महत्या गर्न तयार भइन् । कथाअनुसार पार्वतीलाई साथीहरूले बचाउनका लागि एक गोप्य ठाउँमा लगेर लुकाए । बुबा पर्वतराज भने विवाहको बर्बादी र छोरी हराएको पीडाले शोकमग्न हुँदै जंगलजंगल डुले । पार्वती भने त्यही वनमा गोप्य रूपमा साथीहरूसँग बसेर भाद्र शुल्क तृतीयाको दिन व्रत उपवास गरी आफ्नो कामनाको अभीष्ट पूरा गरिन् । किनकि बुबाले महादेव शंकरसँग बिहे गरेर छोरीको इच्छा पूरा गरिदिए । यसरी पार्वती (परी) ले भाद्र शुक्ल तृतीयाको दिन व्रत बसी लक्ष्य पूरा गरेको उपलक्ष्यमा खुसियालीका साथ भजन, कीर्तन र गीतसंगीतपूर्ण मनोरञ्जन गरिएको थियो । यही परम्परा हिन्दू महिलामा कायम रहँदै आएको छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा यसको रूपमा भने निकै काँचुली फेरिएको छ ।

सकारात्मक महŒवपूर्ण पक्ष:

यस्तो खालको उपवासको सकारात्मक पक्षलाई दुई ढंगले लिन सकिन्छ, वैज्ञानिक र मनोवैज्ञानिक । वैज्ञानिक पक्षमा मान्छे शारीरिक र मानसिक रूपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्छ । बेलाबेलामा बस्ने उपवासले स्वास्थ्यमा राम्रो सुधार ल्याउँछ । मेडिटेसनपूर्वक उपवास बस्दा मानसिक स्वच्छता प्रदान गर्छ । मनोवैज्ञानिक रूपमा पर्ने प्रभावमा ध्यानपूर्वको परिश्रम गरेर धैर्यधारण गरी लगनशील भएमा खोजेको कुरा प्राप्त हुँदोरहेछ भन्ने हो । यसको मानव जातिले गर्ने जुनसकै काममा पनि यस्तो तपस्या, त्याग र योगदानको खाँचो छ । त्यो पूरा भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मार्गनिर्देशनका रूपमा लिन सकिन्छ । देव शक्तिको भक्ति गर्नेले आफूलाई अनुशासनमा राख्न अर्को सकारात्मक भूमिका निर्वाह गर्छ ।
यसबाहेक तीज वर्षमा धुमधामका साथ एकपटक मनाइन्छ । यस अवसरमा हाम्रो समाजमा गरिब, धनी, सबैले मान्ने चलन मुताबिक टाढाटाढा विवाह गरेर दिइएका चेलिबेटीहरू जसरी पनि माइत ल्याउने र जाने चलन छ । यसले घरमाइतको सम्बन्धलाई पुनः नवीकरण गर्छ र सम्बन्ध झन् प्रगााढ बनाउँछ । मनको धुलोमैलो तथा मनमुटावलाई समेत पखाल्ने काम गर्छ । दुवै पक्षको नातागोताबीच विच्छेदित हुँदै गएको छ । सम्बन्ध भने पनि तीजको भेटघाटले पुनर्जीवित गर्छ । सरसफाइ, नुहाई धुवाई गरी राम्रा र चोखा कपडाले राम्रै प्रभाव पार्छ । एकआपसमा सहयोग, सद्भाव र सामीप्यता बढाउने काम सबै भेला भएर नाचगान गर्नु मीठोनमीठो भोजन गर्नुले गर्छ । वर्षभरिका मनमा दबिएको पीडा, मर्म, वेदना र दुःखका थुप्राहरू गीत संगीतकोे माध्यमबाट प्रस्तुत हुने हँुदा मानसिक शान्ति मात्र होइन, सिर्जनशीलता र मौलिकताको समेत विकास गर्न टेवा प¥ुयाउँछ । मानव जीवनलाई काम मात्रै होइन, मनोरञ्जनको पनि उत्तिकै खाँचो छ, जो यसले पूरा गरिदिन्छ ।

तीज पर्व : विकृतिका चुनौती

जबजब समाज आधुनिकीकरणतर्फ गइरहेको हुन्छ, जतिजति विज्ञान र प्रविधिको विकासले नयाँनयाँ स्रोत, साधन र उपकरणहरूको आविष्कार हुन्छ । त्यति नै बढी विकृति र विसंगति समानान्तर रूपमा हुर्कँदै र बढ्दै गइरहेको हुन्छ । नारीहरूको महान चाड तीजलाई पनि विकृति र विसंगतिका शक्तिशाली तŒवहरूले चुनौती दिइरहेको पाइन्छ चाडपर्वहरू । हिजोअस्तिका पुस्ताले मनाउने तीज र आजको पुस्ताले मनाउने तीजका तौरतरिका र शैलीमा आकाश जमिन फरक छन् । तीजलगायतका चाडपर्वलाई पैसासँग गाँसिएको छ । सहरीकरण र औद्योगीकरणको विकासको प्रभाव संस्कृति विनाशका रूपमा बढ्दै गइरहेको छ । जर्मन दार्शनिक र समाजशास्त्री थेअडर अडर्नो र म्याक्स हर्खिमरले भने जस्तो ‘संस्कृति अहिले औद्योगीकरणमा विकास भएको छ ।’ संस्कृतिका सारा तŒवहरूमा औद्योगीकरण लागू भइसकेको छ । यसको मतलब मुनाफाको प्रयोजनले व्यापारिक चरित्र हावी भएको छ । बजार भाउ, मार्केटिङ, बिक्रीवितरण, विज्ञापन औद्योगीकरणका रूपमा छन्, आजको तीज संस्कार ।

ठीक समयमा ठीक ढंगले मनाए पो त्यो चाडवाडको मूल्य मान्यता जीवन्त रहन्छ । महिनौंअघिदेखि यान्त्रिक ढंगले मनाउने परिपाटीमा कृत्रिमता झल्किन्छ । क्यासेट भिडियो चक्का रिलहरू बजारमा बिक्रीका लागि होडबाजी चलाइन्छ । आजका महिलाहरू बुझेरभन्दा पनि लहलहै र यान्त्रिक ढंगले व्रत बस्ने र पर्व मनाउन अग्रसर भइरहेका देखिन्छन् । भौतिक लाभ कामनाको व्रत उनीहरूको ध्येय भएको छ

आफ्नो वास्तविक संस्कृतिअनुरूप मनका व्यथा, गाथा, वेदना, समाजका वास्तविक चित्रण, घर–माइतका परिवेशलाई नेपाली लोक संस्कारका बाजा गाजाका साथमा गाउने गाउँबस्तीका भाका र मौलिकतालाई चटक्कै छाडेर कुसंस्कृतिका भण्डारण गरी भिडीओ र अडियो चक्काका बासी गीत संगीतद्वारा नाचगान गरिने गरिन्छ । ठीक समयमा ठीक ढंगले मनाए पो त्यो चाडवाडको मूल्य मान्यता जीवन्त रहन्छ । महिनौंअघिदेखि यान्त्रिक ढंगले मनाउने परिपाटीमा कृत्रिमता झल्किन्छ । क्यासेट भिडियो चक्का रिलहरू बजारमा बिक्रीका लागि होडबाजी चलाइन्छ । आजको महिलाहरू बुझेरभन्दा पनि लहलहै र यान्त्रिक ढंगले व्रत बस्ने र पर्व मनाउन अग्रसर भइरहेका देखिन्छन् । भौतिक लाभ कामनाको व्रत उनीहरूको ध्येय भएको छ ।
वास्तविकता नबुझ्दा गहना आतंक नै चलेको छ । हुने खानेहरूले गरगहना प्रतिस्पर्धा गर्दा गरिब वर्गमा असाध्यै मनोवैज्ञानिक र आर्थिक असर परिरहेको छ । गरगहना, साडी लत्ताकपडादेखि हरेक सामानको विज्ञापन पहिल्यैदेखि हुने हुँदा त्यसको फाइदा उद्योगपति, साहुजीहरू र सञ्चारमाध्यमले लिइरहेको अवस्था छ । आत्मानुशासन र संस्कृति मूल्यमान्यता तथा परम्पराको दायराभन्दा अगाडि भड्किलो, देखावटी, तडकभडक र अनुशासनहीन ढंगले संस्कृतिक विलुप्तिका रूपमा अगाडि बढिरहेको छ । आध्यात्मिक आलोकले भन्दा भौतिक अभिष्टको खातिर पर्व बनाइएको छ । आफ्नो ओरिजिनालिटीबाट भागेर डुब्लिकेट संसारमा भासिएको छ तीज । सक्दो कस्मेटिक प्रयोग नै तीजको सफलता मान्न थालिएको छ । यस्तै विकृति र विसंगतिको थुप्रो लाग्दै जाँदा महिलाहरूको तीज पुरुषको जस्तो हुन पुगेको छ ।

महिला दिदीबहिनी आमा भाउजूहरूले मनाउने तीज आज तथानामका कलाकारहरूले मनाइदिएका छन् । सञ्चार मिडियाले मनाइदिएको छ । विज्ञापन एजेन्सीहरूले मनाइदिएको छ । हुँदाहुँदै उद्योग र सामानका कारखानाहरूबाट निर्देशित हुँदै गइरहेको छ । तीज भित्री रूपलाई लुकाएर बाह्य खोक्रो कुरूप प्रदर्शन र प्रस्तुत गर्ने पर्वमा रूपान्तरित भएको छ । पुख्र्यौली तीज होइन, आयातित तीज मनाइएको छ । हिन्दू संस्कृति मात्र होइन, पाश्चात्य संस्कृतिको ठिमाहा भएको छ तीज ।
अब यदि तीजलाई आफ्नै संस्कृति मूल्यमान्यता र धरातलीय आधारमा मनाउने र हिन्दू नारीहरूको साझा पहिचान कायम गराउने हो भने फेरि सबै सचेत हुनैपर्छ । सारा खाले विकृति र विसंगतिविरुद्ध क्रान्ति छेड्नैपर्छ । पुनःजागरण ल्याएर सबैलाई सचेत बनाउँदै तीजको मर्म र भावनाको शिक्षाले दीक्षित हुनैपर्छ । यसमा आइपरेका चुनौतीको सामना गर्नुपर्ने हिन्दू समाज सबैको दायित्व हो ।