भारतको विदेश नीति र बिम्स्टेक

भारतको विदेश नीति र बिम्स्टेक

विपिन देव

नेपालका छापाखाना र सामाजिक सञ्जालमा बिम्स्टेकले प्रशस्त ठाउँ ओगट्न सफल भयो । खास परिवेशमा बिम्स्टेक र सार्कबीच पनि तुलना गरियो । जुनसुकै दृष्टिकोणबाट विश्लेषण गरेता पनि बिम्स्टेकको केन्द्रविन्दु भारत नै हुनु स्वाभाविक हो । प्रस्तुत लेखमा बिम्स्टेकको पछाडि भारतीय विदेश नीतिको रणनीतिमाथि चर्चा गर्ने प्रयास गरिएको छ ।

हालै प्रकाशित एउटा पुस्तक ‘फ्रम चाणक्य टु मोदी’ मा लेखिका अर्पणा पाण्डेले मोदीको परराष्ट्र नीतिलाई व्याख्या गर्दै के भनेकी छन् भने मोदीको रणनीतिमा चाणक्यको सूत्र प्रयोग भएको छ । अर्थात् चाणक्यले ‘मण्डल सिद्धान्त’ को प्रस्तावना राखेको छ । मण्डल सिद्धान्तअनुसार ठूला शक्तिहरू आँखा जुधाउन र शक्ति सन्तुलन गर्न साना–साना शक्ति केन्द्रहरूस‘ग गठबन्धन र अन्तरङ्ग सम्बन्ध गाँस्नु पर्छ । बिम्स्टेकमा भारतको बढ्दो सक्रियता यही सिद्धान्तबाट परिलक्षित छ । अर्को पक्ष चाणक्य नीतिले के आग्रह गर्छ भने एक जीवन्त राष्ट्रले परराष्ट्र नीतिलाई गतिशील बनाउनुपर्छ । मोदी वास्तवमा परराष्ट्र नीतिलाई गतिशील बनाउन विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्र र मञ्चमा आफूलाई उपस्थित गराइरहेको छ । संघाईदेखि ब्रिक्ससम्म, आसियानदेखि जी टेउन्टीसम्म हरेक बन्धन र गठबन्धनमा आफ्नो भूमिका खेल्न मोदीपछि परेका छैनन् । भारतको परराष्ट्र नीतिलाई विश्लेषण गर्दा एउटा कुरा के स्पष्ट हुनुपर्छ कि यो मोदीको नौलो प्रयोग होइन । भारतको विदेश नीतिका प्रवर्तक जवाहरलाल नेहरूले यस किसिमका परराष्ट्र नीतिका प्रयोग पहिले पनि गरेका थिए ।

भारत स्वतन्त्र हुनुभन्दा पहिले नै एसियाली मुलुकहरूको सम्मेलन नयाँ दिल्लीमा चालिसको दशकमा गरेका थिए भने ५० को दशकमा असंलग्न राष्ट्रको नीति सैद्धान्तिक मार्ग दिन वाङडुगमा सम्मेलन गरेका थिए । अर्थात् नेहरुले एसियाली मुलुकबीचको सम्बन्धको तारतम्यतामा बढी जोड दिएका थिए । त्यति मात्रै होइन, कि नेहरुले अफ्रिकी राष्ट्रलाई स्वतन्त्र हुन् वा स्वतन्त्रताको मार्गमा बलिदानी दिन धेरै पहलकदमी गरेका थिए । अहिले दुनियाँको अवस्था पूर्ण रूपमा परिर्वतित भएता पनि शक्ति केन्द्रहरूको सोचमा परिवर्तन भएको छैन । ट्रमको उदय भएपछि संसारभरि हरेक दौत्यसम्बन्धको पूर्ण व्याख्या र पूर्णविमर्श हुन लाग्यो ।

यस परिवेशमा ट्रमले झन ‘हाब्सियन’ सिद्धान्तलाई अवलम्बन गर्न लाग्यो । अर्थात् अमेरिका संसारको केन्द्र विन्दु हो र वासिंटनको निर्णय जहिले पनि अटल र सत्य हुन्छ भन्ने हब्सियन सिद्धान्तको प्रयोग हो । यसले अमेरिका आफ्नो रणनीतिलाई पूर्णव्याख्या गर्दै छ । हालैमा इरान र पाकिस्तानस‘ग ट्रम सरकारले देखाएको निर्णय यसका ज्वलन्त उदाहरण हुन् । मोदी यस बदलिँदो परिवेशमा आफ्नो परराष्ट्र नीतिलाई बडो सन्तुलित ढंगले प्रयोग गरिरहेको छ । अर्थात् अमेरिकासँगको सम्बन्धलाई अगाडि बढाउ‘दै इरानसँगको सम्बन्धलाई परित्याग गरेको छैन । इरानमा ‘चाबाहार बन्दरगाह बनाउनु’ यसको उदाहरण हो । त्यस्तै मोदीको सफलता इरान र इजरायलबीच भारतीय नीतिलाई सन्तुलित गर्नु ठूलो कुटनीतिक सफलता हो । एकातर्फ तेल र इन्धनतका लागि इरानस‘ग व्यापक व्यापार छ भने इजरायलसँग १.५ विलियन अमेरिकी डलरको हात हतियारको मात्रै व्यापार छ । अर्थात् इरान र इजराइलबीच सन्तुलित भई दुवै राष्ट्रसँग सँगसँगै सम्बन्ध वृद्धि गर्नु मोदीको परराष्ट्र नीतिको महारथ नै हो । भारतका एकजना प्रख्यात बुद्धिजीवी प्राध्यापक नालापथले प्रष्ट पारेका छन् कि भारतको परराष्ट्रनीति आफ्नो आवश्यताअनुरूप दिगदर्शित हुन्छ ।

यसै सन्र्दभमा भारतको परराष्ट्रनीतिका सैद्धान्तिक एवम् व्यावाहरिक पक्षलाई व्याख्या गर्दैै परराष्ट्रविद् श्याम शरणले आफ्नो पुस्तक ‘हाउ इण्डिया सि द वल्र्ड’ मा भनेका छन् कि भारतको परराष्ट्र नीति ‘एडहोक सिस्पोन्स’ मा हुँदैन । अर्थात् हरेक नीतिगत निर्णय आवश्यकतानुसार भारतले गर्छ । विदेश नीतिमा नतमस्तक हुनु कुनै पनि सक्षम, सवल र सम्मानित राष्ट्रले गर्दैन । सन् १९६२ देखि सन् १९९० सम्म भारत र रूसको सम्बन्ध कुनै पनि राष्ट्रका लागि ईष्र्याको विषय भएता पनि रुसको प्रस्ताव र दबाबका बाबजुद पनि भारत एनपीटी (न्युकिलिएर प्रोलिफ्रेसन ट्रिटी) मा हस्ताक्षर गरेन । त्यसकारण परराष्ट्रनीतिलाई समयसापेक्ष बनाउन राष्ट्रले आफ्नो निर्णय क्षमतालाई गुमाउनु हु‘दैन । अब मोदी नीतिलाई बिम्स्टेकसँग जोडांै ।
बिम्स्टेकमा रहेका मुलुकहरू नेपाल, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार र भुटान, भारतसँग जोडिएका छन् । चीनको बढ्दो पहु‘ँच र सामिप्यताले भारत आफ्नो पहुँच र प्रभाव यी मुलुकमा कमजोर पाइरहेको छ । बिम्स्टेकको माध्यमबाट भारत आफ्नो सांस्कृतिक बिरासत र खजानालाई प्रचुर मात्रामा यी राष्ट्रबीच फैलाउन चाहेको छ । भर्खरै प्रकाशित एक पुस्तक ‘इण्डियन डिपलोम्यासीः बिवाण्ड स्टारटेजिक अटोनोमी’ मा कुटनीतिज्ञ राजेन्द्र अभयनकरले संकेत गरेका छन् कि भारतले आफ्नो आन्तरिक अवस्थालाई मध्यनजर गरी परराष्ट्र नीतिलाई सञ्चालित गर्छ ।

बिम्स्टेकमा रहेका मुलुकहरू नेपाल, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार र भुटान, भारतसँग जोडिएका छन् । चीनको बढ्दो पहु‘ँच र सामिप्यताले भारत आफ्नो पहुँच र प्रभाव यी मुलुकमा कमजोर पाइरहेको छ । बिम्स्टेकको माध्यमबाट भारत आफ्नो सांस्कृतिक बिरासत र खजानालाई प्रचुर मात्रामा यी राष्ट्रबीच फैलाउन चाहेको छ

हालैमा बिम्स्टेक सम्बोधनमा मोदीले ‘नालन्दा विश्वविद्यालय’ को जिकिर गरेको छ । नालन्दा एक समयमा प्राचीन अध्ययन र अनुसन्धानको केन्द्रविन्दु थियो । यही सोचका साथ बिम्स्टेकका राष्ट्रहरू दर्शन, ज्ञान र विज्ञानका आधारमा सहकार्य गरोस् भन्ने मोदीको उद्घोषले पुष्टि गरेको छ । एउटा रणनीतिक चातुर्यको प्रारूपले नै गर्दा मोदीले बुद्ध सम्मेलन वा बुद्ध सरकिटको घोषणा बिम्स्टेकको मञ्चबाट गरेका छन् । आसियान राष्ट्रहरूमा बुद्ध धर्मको प्रभाव धेरै छ । जापानलगायत संसारका विभिन्न कुना कुनामा बुद्ध धर्मको प्रभाव उल्लेख्य मात्रामा छ । भारत बिम्स्टेकको माध्यमबाट यसको नेतृत्व लिन खोजेको छ । बिम्स्टेकको माध्यमबाट भारतले ‘डिजिटल’ क्षेत्रबाटमा आफूले गरेको उपलब्धि र आफ्नो सामथ्र्यलाई जगजाहेर गर्न खोजेको छ ।
अन्तर्राष्ट्रिय जगतमा आफ्नो सफलताबाट मोदी उत्साहित बिम्स्टेकको मञ्चमा देखिएका थिए । क्यानाडाबाट ३००० मेट्रिक टनको युरानियमको सम्झौता हुनु र साउदी अरेबियाका राजा सलमानले यमनमा भारतीय वायुसेवालाई पहुँच दिनु र त्यसबाट ४००० बन्दीलाई रिहाई गर्न भारत समर्थ हुनुले मोदी आफ्नो कूटनीतिज्ञ सामथ्र्यमा पूर्ण विश्वस्त देखिन्थे । त्यति मात्रै होइन कि बेलायतसँगको टेक्नोलोजिकल सन्धि, अष्ट्रेलियासँग युरोनियमको सन्धि र इजरायलसँग १.५ विलियनको हतियारको सन्धिले गर्दा भारतको आत्मविश्वास कूटनीति क्षेत्रमा बढेकै छ । बिम्स्टेकको पछाडि चिनियाँ रेशम मार्गलाई चुनौती दिने भारतको लक्ष्य देखिन्छ । ‘एसियन ट्राइलेटलरल हाएवे’ यसैबाट अभिप्रेरित छ । अर्थात् यस विशाल योजनाबाट भारत, म्यानमार हुँदै थाइल्याण्डलगायत अन्य आसियान मुलुकहरू जोड्ने यो योजनाको लक्ष्य रहेको छ । त्यस्तै जलमार्गबाट कोलकातादेखि सित्से बन्दरगाहलाई आधुनिक बनाई म्यानमारलाई आफ्नो पहुँचमा राख्ने गुरुयोजना पनि देखिएको छ । बिम्स्टेकको साथै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पनि मोदीको सक्रियता बढेको देखिन्छ । हिन्द महासागर रिम एसोसियशन, एसिया प्यासिफिक कोपरेसन र आसियानको मञ्चमा आफ्नो उपस्थितिलाई भारतले महŒव दिएको पाइन्छ ।

बिम्स्टेकलाई सबल बनाउन बिम्स्टेकका राष्ट्रहरूले दुईटा मुद्दामा बढी केन्द्रित हुनुपर्छ । प्रथम मुद्दा हो ‘आतंकवाद’ । आतंकवादलाई कमजोर वा निर्मूल पार्नका लागि चीन र भारतको सहकार्य अफगानिस्तानमा घनिभूत रूपमा बढ्नुपर्छ । अफगानिस्तानको समस्या सामाधान हुने बित्तिकै पाकिस्तान विकास र समृद्धिको मार्गमा जान्छ । बिम्स्टेकको सफलता नै मोदीको गतिशीतला र निष्पक्षतामा निर्भर गर्छ । हुन त १७ वर्षपछि नेपालमा चारचोटी भ्रमण गर्नु, २८ वर्षपछि श्रीलंका भ्रमण गर्नु, ३४ वर्ष पछि युएई भ्रमण गर्नु र पहिलोचोटि मंगोलिया भ्रमण गर्नु मोदीको कुटनीतिक गतिशीलता हो ।