दुर्धटना बिमाले पीडित परिवारलाई राहत

राजधानी संवाददाता/राजविराज ।

सनराइज वैंक शाखा राजविराजले ग्राहकका लागि ल्याएको नयाँ स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत पीडित परिवारलाई राहतस्वरुप रकम भुक्तानी गरेको छ ।

शाखाका ग्राहक रहेका राजविराज –८ का फुलेश्वर मिश्रको गत २२ वैशाखमा टेम्पो दुर्धटनामा परी मृत्यु भएपछि सोमबार सो बैैंकका शाखा प्रमुख महासेठले पीडित  परिवारलाई १ लाख ६९ हजार ३९५ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख महासेठले हरेक वचतकर्तालाई डबल सुरक्षा प्रदान गर्ने उद्देश्यले बैंकले स्वास्थ्य र दुर्धटना विमाको योजना  ल्याएको वताए । वैंकले स्वास्थ्य विमा अनर््तगत ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख नबढ्ने गरी वचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दावीगर्न पाइने व्यवस्था गरेको छ ।

त्यस्तै दुर्धटना विमा अन्तर्गत वचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा  ५ लाख रुपैयाँभन्दा नबढ्ने गरी वचत खातामा रहेको मौजदातको ४ गुनासम्म दावी गर्न सकिने व्यवस्था छ । विमा रकम बुझदै मिश्रकी पत्नी पवन देवीले बैंकले दिएको रकमले छोराछोरीको पालन पोषणका साथै शिक्षामा ठूलो सहयोग पुग्ने बताइन् । यस अधि गत १८ जेठमा पनि सो बैंकले स्वास्थ्य विमा सुविधाअन्र्तगत राजविराज–५ का राम अवतार यादवलाई उपचार खर्च वापत ४९ हजार रुपैयाँ उपलव्ध गराएको थियो ।