अधिनायकवाद लाद्न सरकार उद्यत हुँदै छ : देउवा

राजधानी संवाददाता/नेपालगन्ज।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवाले देशमा कम्युनिस्ट अधिनायकवादले सबैतिर हस्तक्षेप गर्न सुरु गरेको बताएका छन् ।

नेपाल टे««ड युनियन कांग्रेस बाँकेले १०५औं बीपी स्मृति दिवसको अवसरमा सोमबार नेपालगन्जमा आयोजना गरेको अन्तत्र्रिmया तथा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले देशमा कम्युनिस्ट शासन स्थापित गर्न खोजिरहेको भन्दै यसका लागि सबै सतर्क रहनुपर्ने बताए ।

उनले भने, ‘कम्युनिस्ट सरकारले आफ्नो अधिनायकवाद लाद्न सुरु गरेको छ । त्यसको थालनी न्यायालयमाथि हस्तक्षेप गर्दै गरेको छ । यसको ध्यान भविष्यमा कर्मचारीतन्त्रमा पनि हस्तक्षेप गर्नेतर्फ जाँदै छ ।’

 उनले कम्युनिस्ट सरकारले न्यायालयबाट सुरु गरेको हस्तक्षेप बिस्तारै प्रहरी, सेना र कर्मचारीतन्त्रसम्म पुग्ने खतरा बढेको प्रसंग उल्लेख गर्दै भने, ‘देश अप्ठ्यारो अवस्थामा रहेको अवस्थामा कांग्रेस एक भएर अगाडि बढ्न जरुरी छ । कम्युनिस्ट शासन स्थापित भएपछि जनताका अधिकार कुण्ठित हुनेछन् ।’

नेपाली कांग्रेस आन्तरिक विवादका कारण कमजोर भए पनि कांग्रेस एक ढिक्का हुनेबित्तिकै कम्युनिस्टहरू परास्त हुने जिकिर गरे । उनले पार्टीमा धेरै घात–अन्तर्घात भएका कारण पार्टीको अवस्था निकै कमजोर भएकोतर्फ इंगित गर्दै भने, ‘पार्टीभित्र अन्तर्घात गर्नेहरूको पहिचान गरी उनीहरूलाई कारबाही गर्दै पार्टीलाई एक ढिक्का बनाउनतिर सबै लाग्नुहोस् ।’

अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा महामन्त्री शशांक कोइरालालगायत केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।