जनता बैंकद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं/रास– जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो विद्यालयलाई चार (चार) थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक समारोहबीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई सो सामग्री हस्तान्तरण गरिएको हो । दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको सो विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दूरीमा रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक गीता कुँवरले बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीको कम्प्युटर सिकाइलाई प्रभावकारी बनाउन महŒवपूर्ण रहने विचार व्यक्त गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । बैंकले हाल देशभरिबाट १२२ शाखा, ४० शाखारहित बैंकिङ, दुई सीमित बैंकिङ एकाइ र दुई एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।