जसिता गुरुङ सँधै वानपिसमा किन ?

राजधानी समाचारदाता, काठमाडौ । पछिल्लो समय चर्चामा रहेकी मध्येमा पर्छिन नायिका जसिला गुरुङ । बेलायत निवासी नेपाली समुदायमा हुर्किएकी जसिता ति भाग्यमानी नायिका हुन्, जसले पहिलो चलचित्रवाटै प्रसंसा पाईन् ।

दमदार अभिनयको साथै आकर्षक सौन्दर्यकी धनि जसिता प्राय चलचित्रमा प्रदिप खड्काको जोडी बनेर प्रस्तुत भएकी छिन् । प्रदिपसंगको रिल अफेयरले पनि उनलाई चर्चामा आउने बाटो बनाईदिएको छ ।
उनको चर्चामा ल्याउन उनको डे«सअपले पनि भुमिका खेलेको छ । उनलाई नजिकवाट बुझ्नेहरु भन्छन् ‘जसिता प्राय वानपिसमा रमाउछिन् । उनको वानपीस एक खालको ब्राण्ड नै बनेको छ ।

सार्वजनिक कार्यक्रममा सहभागी हुँदा प्राय वानपीसमै रमाउने जसिता आफै पनि वानपिस आफ्नो मन पर्ने डे्स भएको धारणा राख्छिन् । उनको भनाई अनुसार कुनै पनि युवतिलाई वानपिसले बोल्ड देखाउछ । त्यसो त गर्मी याममा वानपीस लगाउनमा पनि सजिलो रहेको उनको भनाई छ ।

पछिल्लो समय चलचित्र लभस्टेशनमा अनुबन्ध भएकी जसिताले लिलीबिलीवाट राम्रै चर्चा पाएकी थिईन् । योङ जेनेरेशनको लभस्टोरी बेसमा अभिनय गर्न मनपर्ने धारणा राख्ने जसिताले प्रेमकथामा आधारित चलचित्रप्रति दर्शकको आकर्षण बढी हुने बुझेकी छिन् ।