कामना अवार्ड : दीपकराज, दयाहाङ, अनमोल, सौगात र प्रदिप भिड्दै

राजधानी समाचारदाता, काठमाडौ । सिने मासिक कामना र सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणअन्र्तगतको मनोनयन सूचि सार्वजनिक गरिएको छ ।

अवार्डको निर्णायक मण्डलले २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिकरुपमा प्रदर्शनमा आएका चलचित्र अवलोकन गरी तयार पारेको उत्कृष्ट ५ मनोनयनको सूचि सार्वजनिक गरिएको हो ।

३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन्।

त्यसै गरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्फ ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन्।

मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छख। दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगारको लागि मनोयनमा परेको छ ।

यो चलचित्रबाट हास्य कलाकार विधामा २ कलाकार केदर घिमिरे र जयनन्द लामा मनोनयमा परेका छन्। छक्का पञ्जा २ लाई पछयाउँदै कृ १३ र ए मेरो हजुर २ एघार विधाको मनोयनमा परेका छन्। कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नव अभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर २ नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयमा परेको छ ।

त्यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ। यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, नव अभिनेत्री, पटकथा, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण र नृत्य निर्देशक विधाको मनोनयमा परेको छ । शत्रु गते र मंगलम ९÷९ विधाको लागि मनोनयनमा परेका छन्। शत्रु गते सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, हास्य कलाकार, सहअभिनेता, पटकथा, संवाद, पाश्र्वगायक र पाश्र्वगायिकाको मनोनयमा परेको छ भने मंगलम निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, संगीतकार, पाश्र्व गायक, पाश्र्वगायिका र नृत्यनिर्देशक विधाको मनोनयमा परेको छ ।

चलचित्र संरक्षण र भुईंमान्छे ७÷७ विधाको मनोयनमा छन्। संरक्षण नव निर्देशक, सहअभिनेता, खलपात्र, द्वन्द निर्देशक, गीतकार, पाश्र्वगायक र ध्वनि मिश्रणका लागि मनोनयमा परेको छ भने भुईंमान्छे नव निर्देशक, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद र श्रृंगार विधाको मनोनयमा परेको छ। चलचित्र ब्लाइन्ड रक्स ६ विधा तथा घामपानी, पिंजडा व्याक अगेन, ऐश्वर्य र म यस्तो गीत गाउँछु ५÷५ विधाको मनोयनमा रहेका छन् ।

ब्लाइन्ड रक्स सर्वोत्कृष्ट चलचित्र, अभिनेत्री, कथा, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशन विधाका लागि मनोनयमा परेको छ भने घामपानी सर्वोत्कृष्ट चलचित्र, नव निर्देशक, अभिनेता, कथा र श्रृंगार विधाको मनोनयमा छ। पिंजडा व्याक अगेन अभिनेत्री, खलपात्र, बालकलाकार, द्वन्द निर्देशक र गीतकारको लागि मनोनयमा छ भने ऐश्वर्य नवअभिनेत्री, खलपात्र, गीतकार, संगीतकार र पाश्र्वगायक विधाको मनोनयमा परेको छ । त्यसै गरी म यस्तो गीत गाउँछु हास्य कलाकार, छायांकार, पाश्र्व संगीत, पाश्र्वगायक र पाश्र्वगायिका विधाको लागि मनोयनमा परेको छ ।

चलचित्र पञ्चायत, दुई रुपियाँ र ग्याङस्टार ब्लुज ४÷४ विधाको मनोयनमा परेका छन्। पञ्चायत अभिनेत्री, कथा, संवाद र श्रृंगार, चलचित्र दुई रुपियाँ हास्य कलाकार, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशक तथा ग्याङस्टार ब्लुज नव अभिनेता, सहअभिनेत्री, द्वन्द निर्देशक र गीतकार विधाको मनोयनमा छ। त्यसैगरी चलचित्र शेरबहादुर ३, कान्छी, भ्mयानाकुटी र आधा लभ २÷२ तथा नाका, लभ लभ लभ, रानी र रुद्र १÷१ विधाको मनोनयमा परेका छन्।

यस वर्षको अवार्डअन्र्तगत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तिव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिरपाली रुद्रबाट नव अभिनेत्री र पिंजडा व्याक अगेनबाट अभिनेत्रीको प्रतिस्पर्धामा छिन्। त्यसैगरी कोरियोग्राफर कविराज गहतराज ४ फिल्मबाट उत्कृष्ट ५ को मनोनयमा परेका छन्।

सम्मान चलचित्रको : उत्सव उत्कृष्टताको भन्ने मान्यता बमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ। उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ ।

चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताए । अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् नेपाली चलचित्र क्षेत्रको मानक अवार्ड हुँदै गएको बताए ।