किन हराउँछन् सुन्दरी

किन हराउछन् सुन्दरी

ध्रुव लम्साल

एयर होस्टसको प्रशिक्षण लिइरहेका तथा एअरहोस्टसको क्षेत्रमा रुची राख्ने युवतीहरुलाई सहभागि गराएर सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना हुने भएको छ । टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्मसले पहिलो पटक ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना गर्ने अन्तिम तयारीमा जुटेको छ भने कार्यक्रममा २० सुन्दरी सहभागी छन् । अबको केही सातापछि मिस एभिएसन, मिस एभिएसन फष्टरनर अप, सेकेण्डरनर अप थर्ड रनर अपलगायतको उपाधी पाएका केही सुन्दरी थपिनेछन् शहरमा ।
यसरि सुन्दरी छान्नेमा यो संस्था एक्लो हैन । पछिल्लो समय काठमाडौ लगायत मुलुकका विभिन्न शहरमा सुन्दरी छान्ने संस्था यति धेरै स्थापना भएका छन् । प्राय अंग्रेजी नाममा खुलेका यस्ता संस्थाले विभिन्न शीर्षकमा सहभागी किशोर किशोरीलाई उपाधी दिने गरेका छन् ।

गत असोजदेखी भदौसम्मको अवधि हिसाब गर्ने हो भने विभिन्न नामका पचास बढी संस्थाले सुन्दरी छानेका छन् । कुनै पनि प्रतियोगितामा कम्तिमा २० जना सहभागी भएकै हुन्छन् । त्यसरि सहभागी हुनेहरु ति आयोजकैहरुकै भनाई मान्ने हो भने अडिसन पास गरेर आएका हुन् । अर्थात २० सै जना उपाधीका लागि योग्य हुन्छन् ।
पचासवटा संस्थामा सहभागी २० जना सुन्दरी हिसाब गर्ने हो भने पनि वर्षमा कम्तिमा एक हजार सुन्दरी उत्पादन हुन्छन् हाम्रो मुलुकमा । ति मध्ये हरेकले तीन देखी पाँच जनालाई त उत्कृष्ठ घोषणा गर्दै विषेश उपाधी दिने गरेका छन् । एउटा प्रतियोगितामा तीन विधालाई मात्रै महत्वपूर्ण मान्ने हो भने पनि वर्षमा कम्तिमा १५० जना पोख्त सुन्दरीको जन्म हुन्छ । यसरि सुन्दरी छानिन थालेको १० वर्ष बढी भयो । त्यसरि उपाधी सहित छानिएका सुन्दरी कहाँ के गर्दैछन्, धेरैलाई जानकारी छैन ।

सुन्दरी छान्न स्थापना भएका हरेक संस्थाको ब्रोसियरमा लेखिएको हुन्छ । ‘हामी युवतिहरुको ब्यक्तित्व विकास गर्छौ, आत्मबल बढाउन भुमिका खेल्छौ र प्रशिक्षण पनि दिन्छौं । प्राय संस्थाले आफ्नो प्रतियोगितामा सहभागी सुन्दरीलाई प्रशिक्षणका लागि भनेर एक महिनाको अवधि छुट्याएका हुन्छन् । एक महिनामा कस्तो प्रशिक्षण दिन्छन् , लिने र दिनेले नै जान्ने कुरा हुन् । जहाँसम्म ब्यक्तित्व विकासको सन्दर्भ छ । यस्ता प्रतियोगिताले युवतिहरुको ब्यक्तित्व विकासमा निख्खरता ल्याएको पाईदैन ।
वास्तवमै यी संस्थाले दिने प्रशिक्षणले ति युवतिको ब्यक्तित्व विकास गरेको थियो भने आज पक्कै पनि नाम चलेका बोडिङ स्कुलले शिक्षिका वा अन्य प्रशासनिक कामका लागि तिनै सुन्दरीहरुलाई जागीर दिन्थ्यो होला , वा विभिन्न कर्पोरेट अफिसहरुले तिनै सुन्दरीहरुलाई उनीहरुले मागेजति पारिश्रमिक दिएर काम गराउथ्यो होला । कतिपय स्थापित संस्थाहरुमा निजी क्षेत्रका ब्यवसायीले पहिल्यै चिट्ठी लेखेर भन्थे होला ‘यसपाली तपाईको कार्यक्रममा उपाधी पाउनेहरुलाई मेरो अफिसमा काम गराउन चाहन्छु ।’

सुन्दरी प्रतियोगिता भैसकेपछि आयोजक संस्थाको हैषियत अनुसार १५ देखि ४० हजारसम्म बुझाउनुपर्छ । विभिन्न तालीम शीर्षकमा आयोजक संस्थाले पहिल्यै पैसा लिन्छन् । सहभागीले सुरुमै आयोजकले तोके अनुसारको शुल्क तिर्न सकेनन् भने छनौटमै पर्दैनन् ।

सुन्दरी छान्ने र सुन्दरी हुन चाहनेहरु प्रतिवर्ष बढेका बढ्यै छन् तर, उपाधी पाएका सुन्दरीको आफ्नो परिवार बाहेक समाजमा कुनै हैषियत राख्न सक्दैनन किन ? । एउटा कर्मचारीले थोरै राम्रो काम ग¥यो भने मुलुभरि चर्चा हुन्छ एउटा शिक्षक एवं शिक्षिकाले आफ्नो विद्यार्थीलाई मौलिक शैलिमा पढायो भने मुलुकभर चर्चा हुन्छ । तर, विभिन्न तालिम लिएर प्रतिस्पर्धीलाई जितेका सुन्दरीको नामो निशान हुन्न किन ? बहस गर्नुपर्ने वेला भएको छ ।

दुःखका साथ भन्नुपर्छ । मिस नेपाल आयोजक संस्था बाहेकलाई छाड्ने हो भने अरु धेरै सुन्दरी छान्ने संस्थाले आफुलाई स्थापित गर्नै सकेनन् । स्थापित गर्न नसक्नुमा सहभागी सुन्दरी र आयोजक संस्था उत्तिकै दोषी छन् ।
पहिलो त आयोजक संस्थाहरु ब्रोसिएरमा लेखेजस्तै किशोर किशोरीका ब्यक्तित्व विकासका लागि स्थापित भएको होईनन् । उनीहरुको मुख्य उद्देश्य भनेको पैसा कमाउनु हो । पैसा कमाउने उद्देश्यले स्थापना भएका संस्थाका लागि ज्ञान गौण हुन्छन् ।
यस्ता प्रतियोगितामा सहभागी प्रत्येक सुन्दरीले छनौट भैसकेपछि आयोजक संस्थाको हैषियत अनुसार १५ देखि ४० हजारसम्म बुझाउनुपर्छ । विभिन्न तालीम शीर्षकमा आयोजक संस्थाले पहिल्यै पैसा लिन्छन् यदि कुनै सहभागीले सुरुमै आयोजकले तोके अनुसारको शुल्क तिर्न सकेनन् भने छनौटमै पर्दैनन् ।
जब निश्चित शुल्क तिरेर सुन्दरीहरु प्रशिक्षणमा सहभागी हुन्छन् । उनीहरुलाई निश्चित नियम सिकाईन्छ । आयोजक संस्थाको बिरुद्धमा बोल्न पाईदैन । एक पटक सहभागी भएका किशोरीहरुका लागि आयोजकको उक्त भनाई दिब्यज्ञान जस्तै लाग्छ ।

प्रतिभा प्रस्तुत शीर्षकमा विचमा विभिन्न प्रतियोगिता पनि गराईन्छ । केही हदसम्म विचमा गरिने प्रतियोगिताले पनि किशोरीलाई अघि बढ्न प्रेरणा मिल्छ तर, त्यो नै उपाधिको लागि बलियो आधार होईन ।
सामान्य कार्यक्रमका लागि निश्चित पैसा खर्च हुन्छ । हला भाडा, प्रशिक्षण, प्रशिक्षकलाई तालिम, कार्यालय सञ्चालन जस्ता खर्च आयोजक संस्थालै यस्तै कार्यक्रमवाट उठाउने हुन् । त्यसरि रकम उठाउने काममा सहभागी सुन्दरीलाई पनि प्रयोग गर्ने चलन छ ।

यदि कुनै सुन्दरीको कुनै कम्पनिसँग पहुँच छ र स्पोन्सर लिएर आई भने उसका लागि एउटा उपाधी सुरक्षित हुन्छ । जो संग त्यस किसिमको सामथ्र्य हुँदैन उनीहरुले कार्यक्रमको अन्तिम दिनको टिकेट बिक्री गर्नुपर्ने हुन्छ । सहभागी मध्ये जसले सबै भन्दा धेरै टिकेट बिक्री गर्छ उही नै उपाधीको हकदार हुने गरेको छ ।
अर्को दिक्दार लाग्दो प्रसंग सहभागी कोही पनि टाईटल बिहिन हुन्न । विभिन्न शीर्षकमा सहभागी सुन्दरीलाई उपाधि दिइएकै हुन्छ । सहभागी मध्ये प्रायले एउटा न एउटा उपाधी पाउने गरेका छन् । स्माईल, क्याटवाक, पङचुआलीटि, पर्सनालिटी अरु के के हो के के ।

हरेक अभिभावकको चाहना हुन्छ आफ्ना छोरा छोरीले समयमै ब्यक्तित्व विकास गरुन्, करिअर बनाउन्, नाम कमाउन् आदि । करिअर बनाउनका लागि उपयुक्त विधी के हो भनेर छुट्याउन नसक्ने अभिभावक र लहडमा यस्ता प्रतियोगितामा सहभागी हुने प्रवृत्तिले उपाधी विजेता सुन्दरीले समेत धक फुकाएर भन्न सक्दैनन् ‘म फलानो प्रतियोगिताकी उपाधी विजेता सुन्दरी हुँ भनेर ।’

अन्त जानै पर्दैन । नेपाली फिल्म उद्योगकै कुरा गर्ने हो भने हरेक निर्माता÷निर्देशकले पटक–पटक भन्ने गरेका छन् ‘मैले चाहे जस्तो हिरोईन नै भेटिन् ।’ कतिपय निर्देशक स्क्रिप्ट बोकेर विभिन्न कलेजमा समेत पुग्ने गरेका छन् आफ्नो फिल्मका लागि उपयुक्त पात्र भेटिन्छ कि भनेर । यदि यस्ता प्रतियोगिताले वास्तवमै क्षमतावान सुन्दरी छानेका थिए भने पक्कै पनि ति निर्माताहरु स्क्रिप्ट बोक्दै कलेज कलेज पुग्न पर्दैन थियो होला ।
कतिपय सुन्दरी प्रतियोगितामा सहभागी सुन्दरीले अन्तिम चरणमा स्टेजमै उपाधीको लागि मुड्की हानाहान गरेको घटना समेत सार्वजनिक भएवाट बुझिन्छ । अब कुनै संस्थाले वास्तवमै क्षमतावान सुन्दरी छान्ने नियतले प्रतियोगित गर्ने तयारी गरे पनि समाजले स्वीकार्ने अवस्था छैन ।