सुरक्षा पहिलो प्राथमिकता

सुरक्षा पहिलो प्राथमिकता


श्रीप्रसाद प्रसाई

हरेक व्यक्तिका आ–आफ्नै उद्देश्य हुन्छन् । तिनै उद्देश्य पूरा गर्नग व्यक्ति निरन्तर मेहनत गरिरहन्छ । दुई छाक खान र एकसरो लाउन नपाउनेको पहिलो उद्देश्य नै खान र लाउनको आधारभूत आवश्यकता पूरा गर्ने हुन्छ ।
खान र लाउनसम्म पाएका तर बस्ने आश्रय स्थल नहुनेहरूको आश्रयको एउटा झुपडी बनाउने पहिलो उद्देश्य हुन्छ । तर एकपछि अर्को गर्दै आधारभूत आवश्यकता पूरा गर्न सफल बन्दै गए पनि उतिकै थप इच्छा र आकाङ्क्षा मानिसमा देखा पर्दै जान्छन् । यिनै असीमित चाहनाले मानिसलाई जङ्गली अवस्थाको गुफाबाट अहिलेको आलिसान महल निवासी बनायो । सामान्य उपलब्धिमै मानिस सन्तुष्ट बन्ने हो भने विकास र प्रगति नै रोकिन पुग्छ ।

असीमित इच्छा र आकाङ्क्षाकै परिपूर्ति गर्ने क्रममा मानिस अन्तरिक्षसम्म पुग्यो । नवविज्ञानको युगमा प्रवेश ग¥यो, यी सबै उपलब्धिको कारकतत्व मानवीय चाहना नै हो भन्ने कुरामा कसैको दुई मत नहोला ।
हामीले जति उन्नति र प्रगति गर्दै जान्छौँ, उतिनै चुनौतीहरूले पनि हामीलाई पछ्याइरहेको हुन्छ । जसलाई सामना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यसबारेमा अधिकांश व्यक्तिहरू जानकार छन् । निरन्तर प्रयास र लगनशील रहे पनि अरूको सहयोग बेगर सबै उद्देश्य हामी एक्लैले पूरा गर्न सक्दैनौँ । साथ सहयोगी, प्राविधिक जनशक्ति, स्रोत साधन र बजेट व्यवस्था हाम्रो लक्ष्य प्राप्तिका आधार स्तम्भ हुन् । यस्ता अत्यावश्यक चिज वस्तु र स्रोत साधनको अभाव पनि हाम्रो उद्देश्यको चुनौतीका रूपमा देखापर्दछन् भने यस्ता चुनौतीभन्दा व्यक्तिको विकास र प्रगति सँगसँगै उत्पन्न हुने अर्को महत्वपूर्ण चुनौती भनेको व्यक्तिको निजी जीवन एवं जीवनशैली सम्बद्ध सुरक्षा चुनौती हो ।

यहाँ व्यक्तिगत सुरक्षा विरुद्ध हरेक व्यक्तिमा आइलाग्न सक्ने सुरक्षा चुनौतीका बारेमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
अधिकांश मानिसहरूमा आफ्नै पेसागत व्यवसायमा एकाग्रताका साथ लागिपर्ने बानी हुन्छ । तर यसको नकारात्मक पक्षका बारेमा कमैको मात्र ध्यान पुग्छ । मैले कसैको केही बिगारेको छैन, कसैलाई अन्यायमा पारेको छैन र कसैको हानीनोक्सानी गरेको छैन, यसैले मेरो पछि लाग्ने कारण केही नभएपछि मैले कसैसँग संकोच मान्ने किन ? यो दृष्टिकोण धेरैमा पाइन्छ ।
नबिराउनु नडराउनु भन्ने कुरामा अधिकांश व्यक्तिहरू विश्वस्त बन्छन् । व्यक्तिको पेसागत काम कर्तव्य नै कतिपयको लागि चुनौतीपूर्ण बन्छ र यसले के कस्तो चुनौती निम्त्याउँछ भन्ने कुरो अनुमानसम्म गर्न नसक्ने हुन्छ । यसप्रति हामी सबै निरन्तर सजग रहन सक्नुपर्दछ । आफ्नै पेसागत कार्य कसैको लागि इष्र्या, डाहको विषय, कसैको लागि अपराधिक मानसिकताको उपज तथा कसैको लागि ख्याति र प्रसिद्धि आर्जनको आधार बन्न सक्छ भन्नेतर्फ हाम्रो ध्यान पुग्न सक्दैन । यो कुरालाई हामी सबैले संवेदनशील ढंगले लिन सक्नुपर्छ ।
कुन बेला कस्तो सुरक्षा चुनौती आइलाग्छ भन्ने कुराको कसैले अनुमान गर्न सक्दैन । अकल्पनीय चुनौती अप्रत्यासित रूपमै आइलाग्न सक्ने भएकोले हरहमेसा हामीले सुरक्षा सावधानी अपनाउनुपर्दछ । जीवन रहेमा मात्र उद्देश्य देखा पर्दै जाने हो । जीवन नै नरहे उद्देश्य हुनै नसक्ने वास्तविक यथार्थतालाई मध्यनजर राखी हरहमेसा हामीले आफ्नो सुरक्षाको लागि सावधानी अपनाउनुपर्दछ ।
हामीले अपनाउनुपर्ने सुरक्षा सावधानीका निम्न चार चरणहरू सुरक्षार्थ विशेष महत्वपूर्ण हुन्छन् । उक्त चारै चरणमा हामीले निरन्तर सजगता अपनाउनुपर्दछ ।

निवास सावधानी

सबैको आश्रयस्थल घर नै हो । जीवन यापन एवं पेसागत व्यवसायको रूपमा हामीले निजी आवास, कार्यालयको आवास तथा भाडाको आवासमा रहनुपर्ने कुरा सर्वविदित नै छ । निजी तथा अन्य जुनसुकै आवासस्थल भए पनि त्यहाँ रहँदा बस्दा अपनाउनुपर्ने सुरक्षा सावधानीमा कुनै भिन्नता हुँदैन ।
तर यी तीन प्रकारका आवासस्थलमध्ये भाडाको आवासस्थल र कार्यालयको आवासस्थलमा भने, निजी आवासस्थलको जस्तो आफूले चाहेअनुरूपको सुरक्षा संरचना निर्माण गर्न र सर्वसाधारणको हेलमेल र सम्पर्कबाट अलगिन सक्ने अवस्था कायम राख्न सकिँदैन ।
निजी आवासमा मिलाइने भरपर्दो सुरक्षा व्यवस्था अन्य स्थलमा मिलाउन कठिनाइ पर्दछ । तथापि यस्ता स्थलमा रहँदा बस्ता सम्भव भएसम्म सुरक्षा व्यवस्था मजबुद बनाउन चुक्नु हुँदैन । निजी आवास स्थलको सुरक्षा व्यवस्थाभित्र घर कम्पाउण्डको प्रवेशद्वारदेखि खाने, बस्ने गृहकार्य गर्ने र आराम गर्ने कोठा वा स्थानसम्मको सुरक्षा व्यवस्था पर्दछ ।
यसको अतिरिक्त घरपरिवारकै सदस्यहरूको आचरण र व्यवहार पारस्परिक सम्बन्धको स्तर गृहकार्य सहयोगी भए उसको बानीव्यवहार र आत्मीयता, घरको पारिवारिक स्थिति, परिवारका सदस्यहरूको व्यावसायिक कार्य तथा उनीहरूको सम्पर्कमा आउन सक्ने व्यक्तिहरूको बानीव्यहोरा जस्ता हेर्दा सामान्य लाग्ने हाम्रा दैनिक क्रियाकलाप र गतिविधि सम्बद्ध विषयले पनि सुरक्षा चुनौती निम्त्याउन सक्ने हुन्छन् । यसतर्फ पनि हामीले गहन अध्ययन एवं विश्लेषण गरी निरन्तर सावधानी अपनाउनु पर्दछ ।

जिम्मेवार व्यक्तिहरूले बैकल्पिक सुरक्षा व्यवस्था नअपनाई यस्तो चुनौतीपूर्ण कार्यमा कसैलाई लगाउनु हुँदैन । यसप्रति चुनौतीपूर्ण पेसामा संलग्न व्यक्ति सचेत रहने हो भने कसैको पनि ज्यान जोखिममा पर्दैन ।

निर्वाहमा सावधानी

विद्यालय, महाविद्यालयमा शिक्षा आर्जन गर्न जाने विद्यार्थी, निजी व्यवसाय सञ्चालक, व्यावसायी, उद्योग कलकारखाना खोल्ने उद्योगपति, पेसागत कार्य अपनाउने श्रमजीवी, कार्यालयमा काम गर्ने कर्मचारीदेखि कृषि पेसामा आवद्ध कृषक समेतले दैनिक आफ्नो निवासस्थलबाट कार्यस्थलसम्म पुग्नुपर्छ ।
निश्चित समय सीमापछि निवासमै फर्केर आउनुपर्ने हुन्छ । यस क्रममा कतिपय व्यक्तिहरू पैदलै आउने जाने गर्दछन् भने कतिपय निजी एवं सार्वजनिक सवारीको प्रयोग गर्दछन् । व्यावसायिक कार्यको सिलसिलामा आउँदा–जाँदा मात्र होइन गन्तव्यस्थलमा पुगी कार्य गर्दा समेत हामीले आफ्नो सुरक्षार्थ सावधानी अपनाउनुपर्दछ ।
यस क्रममा अपनाउने सावधानी भनेकै पैदल हिँड्नेले सडक किनारबाट हिँड्ने, बाटो क्रस गर्नुपर्दा सवारी साधन नआएको मौकापारी जेब्राक्रसिङबाट क्रस गर्ने, आउनेजाने सवारीको हरकत टाडैबाट नियाली सुरक्षित तबरले हिँड्ने, व्यत्mिगत र निजी सवारी चढ्नेले पनि सवारीको अवस्था चालकको दक्षता, सडकको अवस्था, यात्रुहरूको चाप र भिड, सवारीमा चढ्दा र उत्रर्दा सावधानी अपनाउनुपर्दछ ।
कार्यस्थलमा रही दिनभर कार्य गर्दा अन्य सहकर्मीसँग मिलेर कार्य गर्ने, कसैसँग अभद्र व्यवहार नगर्ने, अनिस्ट व्यवहार गर्ने अन्य कोही भए त्यसबाट अलगै रहने, अनावश्यक व्यक्तिसँग हेलमेल र सम्पर्क नबढाउने, सुरक्षा चुनौती आइलागे आधिकारिक एवं सम्बन्धित व्यक्तिलाई अग्रिम जानकारी गराउने गरिए केही हदसम्म हामी सुरक्षित बन्न सक्छौँ । दैनिक कार्यको सिलसिलामा यो सहर बजारदेखि दुर्गम पहाडी गाउँबस्तीसम्मका सबैले अपनाउने सुरक्षा सावधानी हो ।

चुनौतीमा सावधानी

कतिपय व्यक्तिको कार्य आफैँमा चुनौतीपूर्ण हुन्छ । सवैखाले पेसागत कार्यहरू चुनौतीपूर्ण हुन्छन् । यस्तो चुनौतीपूर्ण कार्यमा आवद्ध व्यक्तिले कार्य सञ्चालनको क्रममा सर्वप्रथम आफैँ होसियार बन्नुपर्दछ भने अन्य सम्बद्ध व्यक्तिको सुरक्षार्थ पनि उत्तिकै सावधानी अपनाउनुपर्ने हुन्छ ।
आफू सुरक्षित छु भन्ने विश्वसनीय आधार नभएसम्म यस्ता चुनौतीपूर्ण कार्य गर्ने व्यक्ति मात्र होइन त्यस्तो कार्यमा लगाउने वा कार्य गराउने व्यक्ति सुरक्षाको सवालमा अझ बढी संवेदनशील हुनुपर्दछ ।
जिम्मेवार व्यक्तिहरूले बैकल्पिक सुरक्षा व्यवस्था नअपनाई यस्तो चुनौतीपूर्ण कार्यमा कसैलाई लगाउनु हुँदैन । यसप्रति चुनौतीपूर्ण पेसामा संलग्न व्यक्ति सचेत रहने हो भने कसैको पनि ज्यान जोखिममा पर्दैन ।

मिजासिलो व्यवहारको निरन्तरता

व्यक्तिको जीवनमा आइपर्ने सुरक्षा चुनौतीको अर्को महत्वपूर्ण कारण व्यक्तिको आफ्नै बोली, बचन र व्यवहार हो भन्ने कुरा कतिपयको निम्ति विश्वसनीय हुन नसक्ला । तर यो वास्तविकतामा आधारित यथार्थ हो ।
व्यक्ति आफ्नै लागि खतराको कारक बन्छ भन्ने कुरा उसकै बानीव्यहोरा, आचरणमा भर पर्दछ । सिस्ट भाषामा मिजासिलो तरिकाले बोल्ने व्यक्तिले गल्ती नै गरे पनि छुट पाउने वा ठाडो तथा रुखो तरिकाले बोल्ने व्यक्तिले केही नबिगारेको भए पनि ऊ सबैको लागि प्रिय बन्न नसक्ने हाम्रो सामाजिक वातावरण छ । यसको प्रमुख कारण मृदुभाषी सबैको प्रिय पात्र बन्छ भने खरो स्वभावको व्यक्ति आँखाको कसिंगर हुन्छ ।
व्यक्तिमा हुने बोलीबचन र व्यवहारको मिजासिलोपनले शत्रुलाई पनि मित्रमा परिणत गराउँछ भने त्यही बोली र व्यवहारको तिक्तताले मित्रलाई क्षणभरमा शत्रुमा परिणत गराउँछ । यसर्थ हाम्रो आफ्नै बोली बचन र व्यवहार आफ्नै लागि खतराको कारक तत्व बन्न पुग्छ ।

सधैँ लोकप्रिय बोली बोल्ने, मिजासिलो व्यवहार गर्ने, सबैप्रति समान आत्मीयभाव प्रकट गर्ने, सुख दुःखमा सबैलाई साथ सहयोग दिने, सबैको भलो चाहने व्यक्ति समाजकै प्रियपात्र हुन्छ भन्ने कुरा महसुस गरी हाम्रो व्यवहारशैली परिवर्तन गरिएको अवस्थामा सुरक्षा चुनौतीहरू पनि कम हुन्छन् । यसतर्फ हामी सबैले विचार पु¥याउनुपर्छ ।
व्यक्तिगत सुरक्षा सबैको निम्ति उत्तिकै महत्वको विषय हो भन्ने कुरा सर्वविदितै छ । अन्य व्यक्तिको कारणबाट आइलाग्ने सुरक्षा चुनौतीलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसके पनि सावधानी अपनाइए केही हदसम्म कम बनाउन सकिन्छ आफ्नै जीवनशैलीसँग सम्बन्धित व्यवहारमा सुधार ल्याइए त्यसको कारणबाट उत्पन्न हुन सक्ने चुनौतीलाई भने नियन्त्रण गर्न सकिन्छ । व्यक्तिगत सुरक्षाको सन्दर्भमा विशेष ध्यान पु¥याउने हो भने हामी सुरक्षित बन्न सक्छौँ ।
सुरक्षा मामलामा सधैँ चनाखो र सावधान रहने र हरेक दृश्य परिदृश्यलाई शंकालु आँखाले हेर्ने बानी बसाल्न जरुरी छ । कुनै पनि बेला चुनौती आइलाग्न सक्छ भन्ने मानसिकता लिइराख्ने मात्र नभइ आवागमनको क्रममा खतरा महसुस भए बाटो परिवर्तन गरी हिँड्ने बानी पनि सुरक्षाको एउटा उपाय हो ।

सम्भव भएसम्म एउटै समयमा नियमित गतिविधि नगर्ने, समय परिवर्तन गरी गनका अतिरिक्त शंकास्पद व्यक्ति भेट्न आए टाडैबाट एक्किन गरेर मात्र भेट्ने वानी राम्रो हो । आउँदा–जाँदा घरपरिवार र कार्यालयमा खबर गरेर मात्र हिँड्ने बानी बसाल्न सके उत्तम हुन्छ । अपरिचित व्यक्तिको मिजासिलो व्यवहारप्रति तुरुन्तै विश्वासमा पर्ने र अपरिचतिले दिएको कुरा बिचार नगरी खाइहाल्ने हाम्रो चलन हुन्छ । यसलाइ कम गर्दै लैजानुपर्ने हुन्छ ।
आवासस्थलको सुरक्षा व्यवस्था मजबुद र भरपर्दो बनाउने कुरा पनि छ । रातको समयमा निवासको ढोका नखोल्ने अपरिचित व्यक्तिले कुरा गर्न चाहेमा टाढैबाट कुरा गरी फर्काउने जस्ता सुरक्षा पुर्व सर्तकता हुन । ।
नाता, सम्बन्ध र छरछिमेकीकै व्यवहार र कार्यशैली शंकास्पद भए उनीहरूलाई विश्वास गर्ने र आफू मात्र होइन परिवारका सबै सदस्य आफ्नो सुरक्षामा आफै चनाखो बन्न जरुरी छ ।