१८ वित्तीय संस्थाले लाभांश दिने

राजधानी सचाचारदाता/काठमाडौं।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १७ बंैक तथा वित्तीय संस्थाले लाभांश दिने भएका छन् । ती कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांशको घोषणा गरेका हुन् । लाभांश घोषण गर्नेमा फस्र्ट माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, बोमी माइक्रोफाइनान्स, कन्काई विकास बैंक, हाम्रो विकास बैंक, महालक्ष्मी विकास बैंकलगायतका वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी, लाभांश घोषणा गर्ने वित्तीय संस्थामा ग्लोबल आईएमई लघुवित्त कम्पनी, समता माइक्रोफाइनान्स कम्पनीलगायत रहेका छन् । गतवर्षको नाफाबाट सबैभन्दा बढी नगद लाभांश फस्र्ट माइक्रोफाइनान्सले घोषणा गरेको छ । यो कम्पनीले १२ दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसैगरी, मेरो माइक्रोफाइनान्स ११ दशमलव ३२ प्रतिशत, बोमी माइक्रोफाइनान्स २५ प्रतिशत र ग्लोबल आईएमई माइक्रोफाइनान्सले २५ दशमलव शून्य ६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

त्यस्तै, समता माइक्रोफाइनान्स कम्पनीले ११ दशमलव शून्य ५ प्रतिशत, महालक्ष्मी विकास बैंकले ७ प्रतिशत र हाम्रो विकास बैंकले ६ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेका छन् । बजारमा २०७२ सालदेखि यता बैंक तथा वित्तीय संस्थाका बोनस सेयर तथा लाभांशको लहर लागेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने योजना अघि सारेको थियो । सोही योजनाअनुसार बैंक तथा वित्तीय संस्थाले सेयर निष्कासन गरिरहेका छन् भने नगद लाभांश पनि वितरण गरिरहेका छन् । सबै जसो वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब पु¥याइसकेका छन् ।

वाणिज्य बैंकका लगानीकर्ताले लाभांशको आश गरे पनि अहिलेसम्म त्यस्ता बैंकले घोषणा गरेका छैनन् ।

अहिले वाणिज्य बैंकबाहेक विकास बैंक वित्त कम्पनी तथा लघु वित्त कम्पनीका बोनस सेयर तथा लाभांश घोषणा भएका छन् । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी  पु¥याउन अधिकांश बैंक तथा वित्तीय संस्थाले हकप्रद, बोनस सेयर तथा लाभांशको माध्ययमबाट पुँजी वृद्धि गरेका थिए । गत वर्ष वित्तीय संस्थाले अघिल्लो वर्षको तुलनामा बोनस तथा लाभांश भने घटाएका छन् । वाणिज्य बैंकका लगानीकर्ताले लाभांशको आश गरे पनि वाणिज्य बैंकले लाभांश घोषणा गरेका छैनन् । तर, कतिपय वाणिज्य बैंकहरूले भने व्यापार विस्तारका लागि पुँजी पनि बोनस तथा लाभांश घोषणा गर्ने तयारीमा छन् । वाणिज्य बैंकका लगानीकर्ता पनि लाभांशको पर्खाइमा रहेका छन् । गत आर्थिक वर्ष वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार गरेका छन् ।

त्यसैगरी, दुईवटा म्युचुअल फन्डहरूले पनि लाभांश घोषणा गरेका छन् । एनआईबीएल समृद्धि फन्ड र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम दुवैले १२५ का दरले नगद लाभांश दिने घोषणा गरेका छन् । अघिल्ला आर्थिक वर्षको तुलनामा यी म्युचुअल फन्डले पनि लाभांश घटाएका छन् । बजार लगातार घटिरहेकाले म्युचुअल फन्डको लाभांशमा असर परेको हो ।

पछिल्लो समय बजारमा लगातार गिरावट आइरहेकाले विकास बैंकका सेयर मूल्य पनि घटिरहेका छन् । ठूला लगानीकर्ताले यसले असर गरे पनि साना लगानीकर्तालाई भने फाइदा नै हुने अनलाइन सेक्युरिटीका सञ्चालक अनन्त पौडेलले बताए । ‘सस्तोमा सेयर किनेर छिटो नाफा कमाउने प्रवृति बढेको देखिन्छ,’ उनले भने ।

६ लाख कित्ता सेयर सूचीकृत

नेप्सेमा विभिन्न दुई कम्पनीका कुल ५ लाख ८५ हजार ४० कित्ता सेयर । सूचीकृत भएका छन् । राधी विद्युत् कम्पनीका ४ लाख १० हजार ४० कित्ता तथा कालिका माइक्रोफाइनान्सको १ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन् ।