सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं/रास– मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक विवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादवले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गरे । नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगमा सेवा विस्तार गरेकोमा बैंकलाई धन्यवाद दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैंकले विराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला व्यवसायी लाभान्वित भएको बताए । उनले ससाना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठ्यारो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी दिए ।