लापर्बाहीले मासिँदै छ पहिलो चट्टान अभिलेख

सञ्जीव दुलाल /भक्तपुर ।

चाँगुनारायण नगरपालिका–९ ताथलीको हलाल गाउँमा अवस्थित चट्टान अभिलेख मासिने सँघारमा पुगेको छ ।  १७औं शताब्दीमा सादा चट्टानमा लेखिएको नेपालको पहिलो अभिलेख मासिने सँघारमा पुगेको हो ।
चट्टानमा लेखिएको यो नेपालमा हालसम्म प्राप्त पहिलो अभिलेख भए पनि संरक्षणको अभाव र स्थानीयको लापर्बाहीले मासिने सँघारमा पुगेको अभिलेख पत्ता लगाउने मुना केसी बताउँछिन् ।
पुराताŒिवक महŒव बोकेको वासुकी ढुंगा खुला आकाशमुनिको खुला संग्रहालय हो । ‘तर यो पुराताŒिवक महŒवको चट्टानको लिखत मानव अतिक्रमणका कारण लोप हुने सँघारमा पुगेको छ,’ केसी भन्छिन् ।
अभिलेख लेखिएको चट्टानभन्दा माथिका ढुंगा निकालेका कारण पानी सिधै अभिलेख भएर बग्न थालेको छ । जसले अभिलेख नष्ट हुने र अभिलेख भएको भन्दा तलका ढुंगा निकाल्दा मुख्य ढुंगा नै बग्न सक्ने तथा टुट्न सक्ने अवस्थामा पुगेको छ ।

स्थानीय निकायले नेपालको पहिलो चट्टान अभिलेखका रूपमा रहेको उक्त स्थानको संरक्षण गर्नुपर्नेमा उल्टै खानेपानी तथा सिँचाइका लागि आवश्यक पानीसमेत सोही स्थानमाथिबाट लगेका कारण पनि यो मासिने सँघारमा पुगेको हो ।
एकै चट्टानमा लेखिएको अभिलेख नष्ट भएमा इतिहासको एउटा पाटो नै समाप्त हुने संस्कृतिविद् रञ्जनकुमार दुलाल बताउँछन् । हाल जोखिम अवस्थामा पुगेका अभिलेख नेपाल संवत् ७७७, ७६९ र ७७५ का हुन् ।
स्थानीयवासीका अनुसार कान्तिपुर र भक्तपुरका राजाले ती अभिलेख तयार पार्न लगाएका हुन् । जुनबेला चाँगु, साँखु, नालदुम, महादेव पोखरी, नाला, साँगा आदि भक्तपुर राज्यमा थिए । हाल अभिलेख रहेको स्थान गढीबस्ती गाउँ किल्ला नेपाल उपत्यकाको पूर्वी ढोकाका रूपमा रहेको इतिहासकारहरूको भनाइ छ ।

तिब्बत, चीन र भारत पुग्ने छोटो मार्गका रूपमा उपत्यकावासीले प्रयोग गर्ने मार्ग पनि यसै भेगमा रहेका कारण पनि उक्त स्थानमा रहेका शिलालेखको महŒव बढी रहेको इतिहासविद्हरूको भनाइ छ ।
आर्थिक, सामरिक, सांस्कृतिक आदि अनेकौं दृष्टिकोणले महŒवपूर्ण भएकाले यो भेग आफ्नो बनाउन कान्तिपुर र भक्तपुरबीच युद्ध नै चलेको सिलालेखहरूले देखाएको इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
एउटा राजा वा रजौटाले आफ्नो कब्जा जमाउने बित्तिकै आफ्नो इलाका निर्धारणका लागि यहाँका ढुंगामा चट्टान अभिलेख कुँदाएर आफ्नो राज्यको सीमाका रूपमा यसलाई निर्धारण गरिएको प्रतीकका रूपमा अभिलेखहरू रहेको स्पस्ट देख्न सकिने उनी बताउँछन् ।
चट्टान अभिलेख राख्नुको मूल अभिप्राय राज्यको सीमाक्षेत्र निर्धारण गर्नु रहेको देख्न सकिन्छ । यी ढुंगामा दैविक शक्ति रहेको जनविश्वासका कारण हालसम्म यी ढुंगा फुटाउने साहस कसैले गरेका छैनन् ।