ललितकला प्रतिष्ठानले ल्यायो दर्जन पुस्तक


राजधानी समाचारदाता/काठमाडौं ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका परिषद पदाधिकारीको पद सकिएको एक सातापछि बल्ल सो प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न पुस्तकहरु सार्वजनिक गरिएको छ । ति पुस्तकको मँगलबार राजधानीमा एक समारोहबीच विमोचन गरियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सो प्रज्ञा–प्रतिष्ठानद्धारा प्रकाशित अनुसन्धानात्मक कृतिहरु बिमोचन गरे । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कार्यक्रम आटिष्ट अफ नेपालको दोस्रो संस्करण, पानीरङ्ग एक दृष्टिकोण अनेक, पूज्याँ किफाः सफु, जातीय हस्तकला, थारु लोककला, अवधि लोककला, साँखुका सम्पदा र वास्तुकला, पौराणिक लोककला पुँज्या विमोचन गरेका हुन् । उनले प्रतिष्ठानले प्रकाशन गरेको अनुसन्धानमुलक पुस्तहरु निकै उपयोगी भएको बताए । यस्ता कृतिहरुले ललितकलाको अनुसन्धानमा थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सो मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलाको अनुसन्धानको क्षेत्रमा पुस्तकमार्फत योगदान पु¥याएको भन्दै प्रकाशित कृतिहरु स्तरीय रहेको बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति शारदा चित्रकारले ८ वर्षको अवधिमा विभिन्न अनुसन्धानात्मक पुस्तकहरु प्रतिष्ठानले प्रकाशित गरेको जानकारी गराईन् । सो कार्यक्रममा बोल्दै प्रतिष्ठानका पूर्व सदस्य सचिव नवराज भट्टले प्रतिष्ठानले ४ वर्षमा गरेका मुख्य मुख्य कामहरुको विवरण पेश गरेका थिए ।