नारायणगढ मुग्लिनसडक दुई तर्फी खुल्यो

राजधानी समाचारदाता, चितवन । पहिरोको कारण अबरुद्ध भएको नारायणगढ मुग्लिनसडक खण्ड ३६ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ ।

सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार चारकिलो भन्ने स्थानमा पहिरो पूर्ण रुपमा हटाएर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

सोमबार राति साढे एक बजे झरेको पहिरोको कारणले सडक अवरुद्ध भएको थियो । तीजको अघिल्लो दिन सडकखण्ड अवरुद्ध भएकोले विभिन्न जिल्लाबाट दर खान माइत हिडेका महिलाहरु रातभर सडकमै बस्न वाध्य भए ।

पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो हटाउने प्रयास गरे पनि बर्षा भएकाले पहिरो हटाउन ३६ घण्टा लागेको थियो ।