निर्मला हत्याकाण्ड छानबिन समितिमा पुनंः फर्किए केसी

सुरेश पन्त, महेन्द्रनगर । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीका उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसी काममा फर्किएका छन् ।
राजीनामा दिएको तीन दिन नहुँदै निर्मला पन्तको हत्या सम्बन्धमा छानविन गर्न गठित निर्मलालाई न्याय नमिल्ने भन्दै राजीनामा दिएका केसीले तीन दिन नहुँदै जिम्मेवारीमा यथावत फर्केर काम गर्ने भएका छन ।

समितिमा प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य रहेका केसीले बुधवार बिहान गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फिर्ता जाने जनाएका हुन् । गृह मन्त्रालय र आफ्नो समेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य रहेको’ भन्दै ’कर्तव्यवोध गरी काममा फर्किएको’ बताए ।

थप गरिएको बाँकी समयमा निष्पक्ष छानबिनमा सहयोग गर्न फर्केको जनाएका छन् । केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

छानबिन समितिको म्याद थप लगायतका विषयमा विमती रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बिज्ञप्तीमा उल्लेख छ । आज गृह मन्त्रालय, उच्च स्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको अनुसन्धानमा फर्केको उनले जनाएका छन् ।

उनले गृह मन्त्रालय, उच्चस्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट उक्त घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकोले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहेर भन्दा थप भएको कार्य अवधिमा छानबिन कार्यमा पुनः संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको वोध गरी स्वेच्छापूर्वक आज देखि समितिमा यथावत रही छानविन कार्यमा संलग्न रहने तर राजीनामा दिने क्रममा भने उनले छानबिन समितिमा रहेर निर्मलालाई न्याय दिन र बास्तविक अपराधीलाई कानुनी कारबाही गर्न असमर्थ रहेको बताएका थिए। सोमबार लिखितरुपमा राजीनामा दिएका केसीले ’सरकारी छानबिन समितिबाट निर्मलाले न्याय पाउनेमा आफू विश्वस्त नरहेको’ बताएका थिए ।