साफ च्याम्पियनसिपः नेपाल इतिहास रच्नबाट चुक्यो, माल्दिभ्ससँग ३–० ले पराजित

काठमाडौं । नेपालको साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने सपना अधुरै बनेको छ ।

बंगलादेशको बंगबन्धु रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल माद्यिलभ्ससँग ३–० ले पराजित भएको हो । माल्दिभ्सले पहिलो हाफको सुरुवातमा नै गोल गर्दै अग्रता बनाएको थियो ।

माल्दिभ्सका कप्तान अकरम अब्दुलले फ्रिकिङमार्फत गोल गरे । पहिलो हाफमा भारी वर्षाका कारण खेल केहीबेर रोकिन पुगेको थियो । बर्षा रोकिएपछि हिलो र चिप्लो मैदानमा नेपाल जम्न सकेन ।

पहिलो हाफमा १–० गोलले पछि परेको नेपाल दोस्रो हाफमा आक्रमक रुपमा उत्रियो । माल्दिभ्सविरुद्ध लगातार दबाब सिर्जना गरेपनि ८४ औं मिनेटमा काउन्टरमा दोस्रो गोल खान पुग्यो ।

माल्दिभ्सका इब्राहिम वाहिद हसनले गोल दोस्रो गोल गरे । त्यसको २ मिनेटपछि तेस्रो गोल खाएपछि नेपाल पराजित भएको हो । साफ फुटबलको इतिहासमा नेपालले माल्दिभ्सलाई हराउँन सकेको छैन ।

नेपालले साफ च्याम्पियनसिपममा माल्दिभ्सलाई सन् १९९९ देखि पराजित गर्न सकेको छैन । नेपालले पछिल्लो पटक सन् १९९९ को साग गेम्सको खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको थियो ।