माल्दिभ्ससँग पराजित भएपछि प्रशिक्षक बालगोपाल महर्जनले दिए यस्तो प्रतिक्रिया

ढाका । नेपाल चीर प्रतिद्वन्द्वी माल्दिभ्ससँग ३–० गोलअन्तरले पराजित हुदै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिनुको एक पछिको अर्को गल्ती भएको बताएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा उनले आफूहरुले सोचेअनुसार खेल देखाउन नसकेको बताए ।

उनले भने, ‘मौसमले पनि राम्रो साथ दिएन । केटाहरूले गल्तीमाथि गल्ती गर्दै गए । खेलमा पहिलो गोल म्याच टर्निङ प्वाइन्ट भयो । माल्दिभ्सका खेलाडीको व्यक्तिगत प्रदर्शन राम्रो थियो ।’