विरोधको औचित्य

संघ र प्रदेश सरकार ३ असोजमा संविधान दिवस मनाउने तयारीमा जुटिरहेको वेला सरकारमै रहेको मधेशवादी दल भने संविधान दिवसको दिन ‘ब्ल्याकआउट’ गर्ने योजनामा रहेको छ । संविधानप्रति असन्तुष्टि जनाउदै आएको राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरमले भने सरकारले मनाउने संविधान दिवसमा सहभागी नहुने भएको छ । मधेशवादी दलकै बाहुल्यता रहेको २ नम्बर प्रदेश सरकारले संविधान दिवसको दिन ‘ब्ल्याकआउट’ गर्ने घोषणा गरेवाट आम जनताले कसरि बुझ्ने अन्यौलता बढेको छ । एकातिर उपप्रधानमन्त्री सहित सरकारमा सहभागी दलले विरोधका लागि उर्दि जारी गर्ने त्यहि सरकारमा रहेको अन्य दलले भने भब्य रुपमा मनाउन आदेश दिने, अलि तालमेल भएन कि जस्तो देखिन्छ ।

३ असोजमा दुई तिहाई बढी संविधानसभा संसदले संविधान जारी गरेको हो त्यसमा कुनै शंका छैन । संविधानकै मर्म अनुरुप प्रदेश र प्रतिनिधीसभा निर्वाचन सम्पन्न भयो । त्यहि संविधानको मर्म अनुरुप विभिन्न प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिहरु आ–आफ्ना काममा ब्यस्त छन् । यहि संविधानको मर्म अनुरुप निर्वाचनमा सहभागी हुने र सांसददेखि मन्त्री समेत हुने अनि त्यहि संविधान दिवस मनाउने दिन ब्ल्याक आउट गर्नुपर्ने किन ? प्रश्न गर्ने ठाउँहरु प्रसस्त छ । अर्को २ नम्बर बाहेकका प्रदेश सरकारहरु संविधान दिवस मनाउन यसरि लागेका छन् । हरेक प्रदेशमा मुल समारोह समिती गठन गरिएको छ । संविधान दिवस शीर्षकमा मुख्यमन्त्री एवं मन्त्रीहरुको सक्रियता देख्दा लाग्छ उनीहरुको महत्वपूर्ण जिम्मेवारी भनेकै ३ असोजमा संविधान दिवस मनाउनु हो । यस्तै शैलि पञ्चायतकालको अन्त्यतीर पञ्चहरुले सुरु गरेका हुन्थे । राजा राजीको जन्मोत्सब मनाउन हरेक सरकारी कार्यालय एवं सरकारी विद्यालयमा ह्वीप जारी गरिएको हुन्थ्यो । अहिले प्रदेश सरकारका मन्त्री र मुख्य मन्त्रीको हतारोले पनि त्यहि शैलिको झल्को दिन्छ ।

कुनै पनि मुलुकको संविधान अपरिवर्तनिय दस्तावेज होईन । समय अनुसार परिवर्तन हुनैपर्छ त्यसमा कुनै शंका छैन । तर, संविधानलाई धर्मग्रन्ध जस्तो अति धेरै महत्व दिएर पूजा गरेर मात्रै त्यसको महत्व बढ्दैन । संविधान दिवसलाई बढि महत्व दिईयो भने संविधान मान्नुपर्छ भन्नेहरुलाई पनि आशंका पैदा हुन सक्छ । संविधान जारी गर्नुमात्रै महत्वपूर्ण कार्य होईन । संविधान जारी भैसकेपछि संविधानको मर्म अनुसार मुलुक अघि बढेको छ कि छैन त्यो महत्वपूर्ण हो । सरकारका मन्त्री स्वयं संविधान विपरित काम गर्दै हिँड्ने अनि जनतालाई असोज ३ मा पटका पड्काउदै उधुम मच्चाउ है भनेर हुन्छ ? वास्तवमै संविधान दिवस मनाउने हो भने असोज ३ गते बिहानै प्रधानमन्त्री देखि मन्त्रि, र प्रदेशका मन्त्रीहरु समेतले मनन गरुन सरकार गठन भएपछि हामीले कति काम संविधान अनुरुप ग¥यौ र कतिकाम संविधान विपरित । संविधान विपरित विगतमा केही गरेका भए त्यहि दिन प्रण गरुन् र भनुन् ‘अबदेखि म वाट संविधान विपरित कुनै काम हुने छैन ।