प्रहरीसँग जनअपेक्षा

प्रहरीसँग जनअपेक्षा

रमेश भट्टराई ‘सहृदयी’

नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम व्यवस्थापिका संसदले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापना गरी ‘मुलुकी देवानी (संहिता), २०७४ लाई यही १ भदौबाट जनमानसमा ल्याएको छ । उता प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानमा प्रभावित हुने भनी फौजदारी कार्यविधि संहिताका अनलाइन जाहेरीलगायतका केही बुँदामा संशोधनको माग गर्दै कानुन मन्त्रालय समक्ष राय पस्केको छ । यो सन्दर्भसँगै वर्तमान संघीय पद्धतिमा प्रहरी र जनता अब मिलेर समाजलाई शान्ति अमनचयन गर्न चाहन्छन् । कर्मशील बनेर देश जोगाउने प्रहरीको बर्दीले कलङ्कको दागबाट टाढा रहँदा मात्र न्यायको मार्ग बलियो बन्छ । इतिहासका पानामा जो–जसको नाम लेखिएला, कुनै व्यक्ति र समूह सम्मानित होला, तर त्यहाँ सेना प्रहरीको देन लुक्न सक्दैन । माक्र्सवादी सोचले बोल्ने यो आवाज हुनसक्ला या त कम्युनिस्ट शासनले नेपालमा इतिहास कोर्ने अवसर पाएको आवाजलाई बोल्ला तर यो युगीन यथार्थता अवश्य हो । वाम शक्तिको एकीकरण हुँदै आज बनेको बहुमतको सरकारको अवसरको अग्निपरीक्षामा नेपाल प्रहरीको भूमिका अत्यन्तै उच्च रहन्छ । अबको कानुनी दायरामा संघीय व्यवस्थाअनुरूप प्रहरीले गाउँदेखि उपल्ला तहतप्कासम्ममा निष्पक्ष न्यायिक छानबिन गर्न भूमिका खेल्नुपर्ने देखिन्छ । सबैभन्दा बढी कानुनी विषयमा त अब प्रहरी सक्षम बन्दै अघि बढ्नुपर्ने पनि देखिन्छ । जुनसुकै खालका दोषी पत्ता लगाउने मापदण्ड के कति हो भन्ने आधारलाई निरीक्षण, अन्वेषण गरी सामाजिक न्याय स्थापना गर्ने दायित्व प्रहरीकै हो ।

नागरिकको शान्ति, सुरक्षा र समाजको विकासमा सजगताले सदियौँदेखि प्रहरी प्रतिष्ठा जीवन्त छ र रहिरहनुपर्छ पनि । राजनीतिले लाञ्छित बनाइने, पदोन्नति र निःस्वार्थतामा दबाब दिइने, धर्मसङ्कटमा प्रशासनिक संयन्त्र जकडिने अवस्था उत्पन्न यदाकदा भइरहनु पीडादायी विषय हुन् । सेना–प्रहरीले व्यवस्थाका परिवर्तनमा जेजति मर्यादालाई पालना गरे, त्यसमा आचरण र अनुशासनको उदाहरण पेस भइरहनुपर्छ ।
प्रशासनिक मर्यादामा रहेर नागरिक जिउधनको सुरक्षा गर्दै विपद्मा सहयोगी भूमिका खेलेका पक्ष प्रशंसनीय छन् । आजसम्मका फरक–फरक परिवर्तित व्यवस्थाअनुरूप रहेर देश र जनताको सेवामा कटिबद्ध रहने प्रहरी प्रशासन सधैँ भीष्म पितामहभैmँ प्रतिज्ञारत रहने गौरवमय सेवा हो । कानुनको दायरालाई बोध गर्दै सोहीअनुरूप आपूm परिवर्तित बनेका प्रहरीले अबको संघीय व्यवस्थामा जनचाहना अनुरूप सेवारत बन्न सक्नुपर्छ । एउटा दोषीको अन्त्यसँग हजारौँ बच्ने भए गोली चल्ला तर रक्षक नै भक्षक बनेमा मर्यादित आदर्श नामेट हुन्छ । लोकतान्त्रिक पद्धतिअनुरूपका कानुनी दायरामा प्रहरी शक्तिले कुप्रथा, कुकर्मलाई निरुत्साहित गर्नेदेखि समाजका अग्रज व्यक्तित्व सत्यवादीहरूसँग रहेर समाजअनुकूल पनि बन्न सक्नुपर्ने अबको आवश्यकता हो ।

वास्तवमा शान्तिसुरक्षा दिने यत्रो विशाल र आशाको आडमा कुनै पनि दाग लाग्नु हुन्न । तर, सुनकाण्ड, बलात्कारका गतिविधि, शक्तिको दुरुपयोग, फटाहालाई साथ दिने जस्ता विषयमा केही व्यक्ति तथा समूह नै आपराधिक संलग्न रहँदा प्रहरीशक्तिमा कलङ्क बढिरहनु लज्जास्पद दुखद् घटना हुन् । ट्राफिक नियमको पालनामा सत्यताभन्दा बढी दादागिरी भएका घटनाले घुसवादी परम्परामा प्रहरी अमर्यादित बनेका पीडाबाट सर्वसाधारणले सुविधासँग अनावश्यक यातना पनि भोगेका गुनासा छन् ।
रक्तदान नै जीवनदानका नारा, सडकदेखि सदनको सुरक्षा र पहरेदार बन्ने प्रहरीले यसरी लालच बन्नु हुन्न । २००७ को परिवर्तनदेखि २०३६ को आन्दोलनमा, २०४६ को बहुदलीय शासनको जनसागरभित्र, १२ वर्षे सशस्त्र जनयुद्धमा सयौँ प्रहरीले अधिकार कम भएका अवस्थामा पनि आफ्नो ज्यानलाई अचानोमा राख्नु परेको कुरा स्मरणीय छन् । कति निहत्था प्रहरी हताहत भएका अमानवीय व्यवहार नभएका होइनन्, कैयौँले सहिद बन्नु परेकै हो । बाध्यता र आदेशका बीचमा ०६२÷०६३ को जनमासलाई निष्पक्ष शान्तिप्रदान गर्ने कोसिसदेखि गाउँका स–साना भैm–झगडामा प्रहरीको भूमिका उत्तिकै सह्राहनीय छ । गणतान्त्रिक धारसम्म आइपुग्दा नेपालको तीनै तहको चुनावी माहोलमा अहम् भूमिकाभित्र सेना–प्रहरीले दिएको सुरक्षाको कार्य पक्कै सम्माननीय छ । गोली चलाएर शक्तिको दुरुपयोग गर्ने नभई प्रहरीको उद्देश्य बचाउनेमै हुन्छ, त्यहाँ विश्वास र भरोशा हुनुपर्छ । मार्नेभन्दा बचाउने नै महान् हुन्छ ।

जित सत्यकै हुनुपर्छ, नत्र सुशासनमा धमिरा लाग्छ । अराजकता बढ्छ । नाकाबन्दीको मारमा जनताका आड भरोसामा जनताका साथी बनेकादेखि बन्द, हड्ताल, चक्काजाममा आफ्नोभन्दा बढी ख्याल राख्ने प्रहरीमा आडम्बर हुनु हुन्न । सेवामा खटिने प्रहरीले दनदनी बलेको आगोको ज्वाला भनेको छैन, मुसलधारे पानीमा खस्दै गरेको पहिरो भनेन, भूकम्पमा उद्धार ग¥यो । बाढी, पहिरोमा सेना–प्रहरीको जमात सजग बन्दै सेवामा जुटिरहकै छ । कहिले सेवाका जटिलतामा आफ्नै प्राण आहुति दिनुपरेको छ त कहिले जिउँदै नजलाइएको पनि होइन । कानुनको दायरामा लक्ष्मण रेखालाई नाघ्न नजान्ने सच्चा इतिहास बनाएकै थियो ।
‘प्रहर’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर बनेको ‘प्रहरी’ नाम वर्गको तत्सम् (संस्कृत) शब्दको अर्थलाई हामी देशभित्र शान्ति सुरक्षाको व्यवस्था कायम गर्न खटिएको सरकारी कर्मचारी भनेर बुझ्छौँ । जब समाजका नियम तोडिन्छ तब हामी झट्ट याद गर्छौँ – प्रहरीलाई । प्रहरीको समानार्थी पुलिस आगन्तुक शब्दसँग परिचित यो चोरको विपरीत सेवामा खटिएको व्यक्ति वा समुदाय भन्ने मर्म हुन्छ । आज भने ‘प्रहरी मेरो साथी’ कार्यक्रमसँगै प्रहरीको सान, स्वाभिमान अनि गौरवगान सगरमाथासँगै उच्च हुन पुगिरहेको भान नभएको होइन ।

व्यक्तिगत स्वार्थलाई भन्दा राष्ट्रिय स्वार्थको स्वर्णिम स्वप्ना बोकेर बर्दी लगाएका राष्ट्रका खम्बा हुन्–नेपाल प्रहरी । सीमा रेखा मिच्न नदिने, सामन्तीले गरिबको अस्मितालाई थिच्न नदिने देशका ढाल र तरबार बन्ने भवितव्यका मित्र प्रहरीलाई चोरले सुध्रिएर साथी बनाउन सक्छ । प्रहरीले न्याय नछोड्ने सीमा नतोड्ने नियम र आचरण अनि अनुशासनलाई मौरीभैmँ व्यवस्थित, संयमित बनाउने सिङ्गो उदाहरण बन्न सक्नुपर्छ । अलैँचीका पातमा रगत बगाउने, सडक, पुल पुलेसा सजाउने मात्र होइन, आदर्श नियम र आचरणको सुन्दर व्यावहारिक पाठ सिकाउने प्रहरी हामी सबैका साथी बनून्, सर्वसाधारणको चाहना हो ।
चन्द्रसूर्य अङ्कित झन्डामुनि बसेर पार्टी, संस्थाको लोलोपोतो नगर्ने, रामको सेवा बुझ्ने, विभिषण र रावणलाई चिन्ने, दुराचारी, भ्रष्टाचारी, अत्याचारी, लुटमारी, अनैतिकताले टाउको उठाउने मौका नपाउने वातावरण बनाउने क्षमता तिनमा हुनुपर्छ भन्ने नै हो । समाजले शान्तिसँग ल्होछार, छठ, दसैँ, तिहार मनाउँछन्, सभा र जात्रा चलाउँछन्, संगीतको धुनमा राष्ट्रियतालाई गाउँछन् । मेला, पर्व, भेला सबैमा प्रहरी शान्तिको बिगुल लिएर पुग्छ । विकास निर्माणका अभियानमा अभैm प्रहरीले जाग्ने बाटो स्पष्ट पाइरहेका छैनन् तथापि राष्ट्र उत्थानका लागि जन आकाङ्क्षालाई सँगै बोकेर दौडिएको छ ।

सेवामा खटिने प्रहरीले दनदनी बलेको आगोको ज्वाला भनेको छैन, मुसलधारे पानीमा खस्दै गरेको पहिरो भनेन, भूकम्पमा उद्धार ग¥यो । बाढी, पहिरोमा सेना–प्रहरीको जमात सजग बन्दै सेवामा जुटिरहकै छ । कहिले सेवाका जटिलतामा आफ्नै प्राण आहुति दिनुपरेको छ त कहिले जिउँदै नजलाइएको पनि होइन । कानुनको दायरामा लक्ष्मण रेखालाई नाघ्न नजान्ने सच्चा इतिहास बनाएकै थियो

यात्रु वा नागरिक सहायता कक्षमा, हरेक काम, कार्य र प्रगतिमा नागरिकलाई स्वतन्त्रता दिइरहेकै छ । सङ्क्रमण कालीन युगसन्धिमा बगेको समाजको विद्रुपतालाई चिर्न उद्यत बन्यो । अन्धविश्वासलाई मारिरहेकै छ । सञ्चारकर्मीको सुरक्षा, मानवअधिकारकर्मीलाई साथ दिन्छ । विद्यार्थी वर्गको विकास गर्दै राज्य र नागरिकबिचको दूरीलाई नजिक बनाउने पुल बन्छ । फलतः हरेक घटनाको जानकारी सर्वसाधारणले दिन्छन्, अभियुक्तको सुराकी र घटनास्थलको सुरक्षामा पुग्छन् । अनलाइनबाट बालक हराएका या अन्य अप्ठ्यारा देश विदेशका समस्यामा प्रहरीको साथ नै आधार हो ।
फुलीको अहम् भावनाले बर्दीको तुजुक देखाएर जनताको पसिना पिउने कर्ममा संलग्न केही प्रहरीको कुकृत्यले जनतामा प्रहरीको सेवा र सुरक्षाको साटो विश्वास घातको भाव पैदा गराएको छ । तर, अबको संघीय संरचनामा रहँदा माथिल्लो दर्जाका व्यक्तिको कर्तुतलाई, नियम उल्लंघनलाई पनि बढुवा, सरुवा वा अन्य लोभले टुलुटुलु हेरेर थाहा नपाएजस्तो गर्नु प्रहरीको धर्म विपरीत कर्म बन्छ । अब त ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ भन्ने भावसँगै असभ्य भाषामा मीठासता ल्याउनुपर्छ, अपराधीलाई अफिसरको दबाबले चेन अफ कमान्डको चाप्लुसी हट्नुपर्छ अनि बर्दीको आडम्बरी दमनमा सच्चा प्रहरीले खबरदारी गर्नुपर्छ ।
प्रहरी आपैmँमा न्यायमूर्ति बन्न नसक्दा जनतालाई प्रहरीद्वारा अन्याय गरिएका, पैसामा बिकेर निर्दोषलाई सजाय दिलाइएका विषय पक्कै मानवअधिकार विपरीत हुन् । निर्दोषले वर्षौँ जेलमा सजाय भोगेर सम्पूर्ण जीवन अमानवीय प्रताडनाले थिल्थिलिएका खबर हृदयविदारक लाग्छन् । संवेदनशील मानवीय न्यायमा प्रहरीको सबल नीति र कर्मगत सुधारसँग वैज्ञानिक चेतको आवश्यकता छ । वास्तवमा अधिकार र शक्तिको दुरुपयोग गर्ने घृणित कर्ममा सचेत नबन्ने मानिसले प्रहरी बन्नु हुँदैन किनकि यो पेसा मात्र होइन । यो त न्यायिक निःस्वार्थ जनसेवा हो ।

समाजमा निरीहलाई आड भरोसा दिनुको साटो लाञ्छना लाएर अमानवीय यातना दिएका तीता घटनामा न्यायिक विश्वास नधमिलिएको भन्ने छैन । यस्तै कतिपय विसंगतिलाई बढावा दिनमा प्रहरीले बर्दी र शक्तिको धज्जी उडाएका पक्ष गम्भीर छन् । सुरक्षाको बलियो अनुभूतिले चर्चा पाउने प्रहरीले कानूनभन्दा माथि बन्न खोजेर छवि बिगारेका घटनाले जनतामा पीडा दिएको छ । न्यायाधीश काण्डदेखि सुनकाण्डसम्म, भ्रष्टाचारमा नाममा, सुन तस्करीको जालोमा, गुण्डालाई संरक्षण र तस्करको रिहाईका कुरामा प्रहरीका उच्च पदस्त सामेल हुनु भनेको बर्दी र फुलीको रवाफ हो । ‘प्रहरी हाम्रा सच्चा मित्र हुन्’ – जनतासँग साथको अपिल हुनुपर्छ । अत्याधुनिक साधन स्रोत, प्रविधि र समयानुकूल संघीय ऐन कानुनको खाँचो प्रहरी सेवामा छ । समाजमा शान्ति, सुरक्षा प्रवद्र्धनमा प्रविधिमैत्री तथा समयसापेक्ष सेवाको खाँचो छ । अतः जनतालाई सुशासनको अनुभूति दिलाउन सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बोध गर्दै प्रहरीका दण्डनीतिमा छानबिनको सबल पक्षका कार्यदिशालाई आधुनिक, नवप्रविधिमुखी निःस्वार्थ सेवाको पर्याय बनाउँदै लगिनु आवश्यक छ । प्रहरीमा ‘सत्य सेवा सुरक्षणम्’ नमक्काओस् ।