बीपी र समाजवाद

बीपी र समाजवाद


डा. पुरुषोत्तम मरहठ्ठा

 

नेपालमा प्रजातान्त्रिक समाजवाद लागू गर्ने सिद्धान्तका प्रणेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) थिए । उनको सिद्धान्तलाई व्यवहारमै लागू गर्ने वास्तवमा कृष्णप्रसाद भट्टराई, ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्य, रामहरी जोशी, भीमबहादुर तामाङ आदि हुन् । बीपी नेपाली राष्ट्रियता, प्रजातन्त्र र समाजवादका पर्याय थिए । राष्ट्रियताको सवालमा उनले कहिल्यै म, मेरो परिवार, मेरो खेत भन्ने संकीर्ण भावनाबाट अगाडि बढेनन् । उनले सदैव हाम्रो देश, हाम्रो उन्नति, हाम्रो विकास भन्ने राष्ट्रिय सोचलाई अगाडि बढाएको तथ्य तरुण प्रकाशनको राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रले पुष्टि गर्छ । व्यक्तिको भावनालाई राष्ट्रिय भावनासँग जोड्न खोज्ने बीपी एक अर्थमा पश्चिमी विद्वान रुसोसँग नजिक देखिन्छन् । जसरी मेकियाभेली र हब्सले मानिसको स्वभाव दुष्ट, स्वार्थी, खराब मान्छन् भने प्लेटो र लकले मानिस, राम्रो, असल र इमानदार देखाएका छन् ।

मानिस पतनका लागि रूसो खराब सामाजिक संस्थालाई दोषी देख्छन् । रुसोले मानिसको स्वभाव खराब हुँदैन भ्रष्ट कला र विज्ञानको परिणामस्वरूप खराब बन्न पुग्ने हो । रुसोले मानिसको स्वभावमा आत्मप्रेम र सहानुभूति देखाएका छन् । रुसोले आफूसँग सम्बन्धित तŒव र सामूहिक हितसम्बन्धी तत्वमा पहिलोले मान्छेलाई लोभी बनाउँछ । मानिसमा तेरोमेरोको भावनाले गर्दा मानिसमा व्यक्तिगत सम्पत्ति राख्ने प्रवृत्ति हाबस् हुँदै गएर कालान्तरमा स्वार्थी र लोभी बन्न पुग्छ । तर त्यही मानिसमा यदि जनरल बील अर्थात् समाजपक्षमा काम गर्ने सामान्य इच्छाको भावना भइदियो भने सबैको सामूहिक भलाई सोच्छ । बीपी यही सामूहिक भलाई सोच्ने व्यक्ति थिए । त्यसैले त उनी मानिसहरूले सामान्य रूपमा जिउने जीवनप्रति उनलाई कत्तिपनि आकर्षण थिएन ।

उनी एक ठाउँमा भन्छन् ‘मैले निर्माण गर्न खोजेजस्तो समाज र मैले सिर्जना गर्न चाहेजस्तो आर्थिक प्रणाली अर्थात् म आफैंलाई भन्दा अरूलाई बढी प्रभाव पर्ने कुराहरूमा सफलता प्राप्त नभएकोमा म चिन्तित छु । व्यक्तिगत हिसाबले मेरो आफ्नो सफलता वा असफलताले खास फरक पार्दैन ।’ त्यसैले बीपी रुसोको सामान्य इच्छा राजनीतिक समाजका सदस्यको आदर्श इच्छाहरूको सामूहिक रूप हो । सामान्य इच्छा समस्त समाजको इच्छा हो । जसको उद्देश्य समस्त जनताको वास्तविक कल्याण गर्नु रहेको छ । बीपीले म र हामीको लक्ष्मण रेखा कोरेर मेरो भन्ने भावना हैन, सबैमा हाम्रो भन्ने भावनाको विकास भएमा प्रजातान्त्रिक समाजवादलाई सजिलै बुझ्न सकिन्छ भनी ठम्याएका छन् ।

साम्यवादमा जनताको मौलिक अधिकार जति थप्यो प्रजातान्त्रिक समाजवाद बलियो बन्दै जान्छ । सर्वहाराको अधिनायकवाद बन्ने साम्यवाद जनतालाई दिन जान्दैन, प्रजातान्त्रिक केन्द्रवादको नाममा स्टालिनले केन्द्रीकरण गरेझैं एकलौटी गर्न थालेपछि जनताको अधिकार नामोनिशान देखिन्न । नागरिकको जीवनमा राज्यको हस्तक्षेप कम भएमा नै प्रजातन्त्रको आधारशीला निर्माण गर्न खोज्छन् । नागरिकलाई समान अवसर पाउनबाट बन्चित गर्न कम्युनिज्ममै सामान्यभन्दा विशिष्ट बन्ने परिपाटीले बल पु¥याएको छैन र । लेनिनले परिभाषा गरेको पिपुल्स डेमोक्रेसी सर्वहारावर्ग र किसानको क्रान्तिकारी अधिनायकत्व थियो । यसलाई पछि माओत्सेतुंगले मजदुर, किसान र राष्ट्रिय वुर्जुवा वर्गसहितको जनताको जनवादी अधिनायकत्वको रूपमा न्यू डेमोक्रेसीको आफ्नै धारणा विकास गरे । बेलायतमा फेबियन सोसाइटीको स्थापनासँगै माक्र्सको दबदबा रहेको समयमा क्रान्तिकारी समाजवादबाट जनतालाई विस्तारै विकासवादी समाजवादप्रति आकर्षित गर्न सिडनी भर्वादेखि जर्ज बर्नार्डशा जस्ता व्यक्तिले भूमि र औद्योगिक पूँजीलाई व्यक्तिगत स्वामित्ववाट मुक्त गरी सार्वजनिक हितका लागि समाजको हातमा सुम्पिन यसले जोड दिएको छ । कसैको आँसु र रगत नबगी प्रजातान्त्रिक समाजवाद अधिकतम आर्थिक लाभहरू जनतालाई दिन लाग्छ ।

नेपालको आर्थिक असमानता हटाउन हिंसाको राजनीति बेकार हो । नेपालले रुसको जस्तो अक्टोबर क्रान्ति नै गरेपनि स्रोत र साधन उही हो ? हत्या, अपहरण, चन्दा असूलीको आतंकमा नेपाली जनताले दश वर्षको व्यर्थको दशकमा १७ हजार मरेर गए पनि समस्या उस्ता उस्तै हो । त्यसैले बरु संसदबाट सुधारको प्रयास गर्न सक्ने हो भने त्यो दीर्घकालसम्म जनताले त्यसको उपयोगमा ध्यान दिन्छन् । बेलायतको लेवोर पार्टीले संसदभित्रैबाट सुधारको प्रयास थालेकोलाई अन्यथा भन्न सकिन्न । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद सायद फेवियनवादी विचारधाराबाट प्रभावित बनेको छ । जोत्नेको जग्गा, दुई छाक खाना र नाना, बालबच्चालाई विद्यालय एउटा दुहुनो भैंसी, तलसिं नलागेको आफ्नै जग्गा यस्तै यस्तै साना कुराहरूले व्यक्तिलाई सुखी र खुसी वनाउन सक्छ ।

६० वर्षअघि परिकल्पना गरिएको समाज आजको यथार्थमा मिल्न नसक्ला तर त्यो भन्दा फड्को मारिसकेको नेपाल अब त्यति सानो आकांक्षामा रहन सक्ला भनेर भन्न सकिन्न । जसरी कार्लमाक्र्सको साम्यवाद पनि अब सनातनि भइसकेको छ । त्यसैले बीपीको समाजवादमा नेपाली कांग्रेसले अझैसम्म संशोधन र सुधार गर्न सकेको छैन । नारा दिएर देश बन्दैन । नारामा नारिएर हिँड्दैमा पनि व्यक्तिको जीवनस्तर माथि उठ्न सक्दैन । तर भदौ महिनामा सबैले बीपीको समाजवादलाई एकपटक सम्झने गर्छन् । तर उनको समाजवाद कालजयी छ । भोला चटर्जीका अनुसार ‘कोइरालाको एक सपना थियो । उहाँले यस्तो नेपालको सपना देख्नुभएको थियो जहाँ मान्छे मान्छेद्वारा नै शोषित हुने वस्तु बन्न नपरोस् र जहाँ जनताद्वारा, जनताका लागि, जनताको सरकार यथार्थ बनोस् । बीसौं शताब्दीका सर्वोच्च नेपाली कोइरालाको मृत्युसँग उहाँको यो सपना भने मरेन । कोइरालाको मृत्यु भयो, तर उहाँका विचार जीवन्त छन् र उहाँका विचारहरू सुरुमा प्रतिपादित हुँदा जति सामयिक थिए, आज पनि त्यत्तिकै सामयिक र सान्दर्भिक छन् ।’

समाजको भित्री अन्तरविरोधहरू बुझेका कांग्रेसका समाजवादी चिन्तक जगन्नाथजी जस्ता सुधारकहरूले चलाएको जनजागरण अभियान कालान्तरमा गएर गणेशमान सिंहको नेतृत्व नपाएपछि सेलाएर बस्यो । मान्छेलाई पौडन सिकाउनु छ भने पानीमा पसाल्नै पर्छ । उसले त्यहाँ नपौडी धर नै पाउँदैन । समाजवादी लहर एकपटक सुरु भएपछि अरू क्षेत्रमा विस्तारै गति लिएरै छाडछ । भूमिसुधारले गति लिन लागेको थियो

नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइरालालाई धेरैले साहित्य र राजनीतिमा पढेका छन् । नेपालको राष्ट्रियताको संरक्षण एवं संवद्र्धन गर्दै उनले राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अगाडि बढाए । नेपाली जनताको जीवनस्तरमाथि उठाउनका लागि प्रजातान्त्रिक समाजवादको नीति आर्थिक समृद्धिको आधार बनाएका थिए । बीपीको समाजवादको बारेमा कांग्रेसी वृत्तमा जति नै छलफल चलाएपनि सरकारमा गएका बखत तिनलाई अल्जमेर लागेको हुन्छ । मासबेस भएको पार्टी हुनाले सामूहिक नेतृत्वको अभाव यसमा रहनु स्वाभाविक हो । अध्यक्षात्मक प्रणालीबाट चलेको यो पार्टीका इकाईहरूलाई बल्ल संघीय संरचनामा लैजान खोजेको देखिन्छ ।

सत्तामा गएपछि सुधारको प्रयास यसलाई पच्दैन । ०४८ सालमा गठित मन्त्रिपरिषद्मा समाजवादी नेता जगन्नाथ आचार्य भूमिसुधार मन्त्री थिए । प्रजातान्त्रिक समाजवादको उद्देश्य विपरीत सरकारका क्रियाकलापको कारण त्यो पद जगन्नाथजीका लागि तातो तावा भएको थियो । समाजवादमा आधारित भूमिनीति लागू गर्न खोज्ने आचार्यलाई त्यस समय आफ्नै पार्टीको सरकारले सुधारको कार्यक्रम अगाडि बढाउन नै दिएको थिएन् । जसको परिणाम उहाँले ०५० सालतिर पार्टीको घोषित नीतिअनुसार काम गर्न नपाएपछि मन्त्रिपद छोडेर सरकारबाट बाहिरिनु भएको थियो । यो पंक्तिकारले २४÷२५ वर्ष अगाडि उहाँ लगायत युवराज खाती, दुर्गा सुवेदी जस्ता कांग्रेसका हस्तीहरू जनजागरण अभियानमा लागेर सभागृह अगाडि कांगे्रसको पोखरा महाधिवेशनस्थलसम्म कांग्रेसीलाई धरातल सम्झाउन जुन मार्च गरिएको थियो । त्यसले कांग्रेसमा शुद्धता खोजेको कसैले चिन्न सकेनन् । सुधारलाई समेट्न नसकेपछि जनकांग्रेस स्थापना भयो, फेरि असन्तुष्टहरूको प्रजातान्त्रिक कांग्रेस बन्यो ।

समाजको भित्री अन्तरविरोधहरू बुझेका कांग्रेसका समाजवादी चिन्तक जगन्नाथजी जस्ता सुधारकहरूले चलाएको जनजागरण अभियान कालान्तरमा गएर गणेशमान सिंहको नेतृत्व नपाएपछि सेलाएर बस्यो । मान्छेलाई पौडन सिकाउनु छ भने पानीमा पसाल्नै पर्छ । उसले त्यहाँ नपौडी धर नै पाउँदैन । समाजवादी लहर एकपटक सुरु भएपछि अरू क्षेत्रमा विस्तारै गति लिएरै छाडछ । भूमिसुधारले गति लिन लागेको थियो । विविध कारणहरूले गर्दा उनले काम गर्न पाएनन््् । बीपीको व्यक्तित्व समाजवादी भएकाले विदेशमा बीपीको राम्रो सम्बन्ध थियो । पछि गएर बीपीले आफैंलाई खत्तम गर्ने हो कि भन्ने भय राजा महेन्द्रमा थियो । बीपीले १८ महिने शासनकालमा ल्याएको भूमिको नारा महेन्द्रले ०२१ सालको भूमि व्यवस्था लगाएर भूमिक्रान्तिबाट केही समय जोगिएका थिए । जोत्नेको जग्गा भएमा नै त्यससँग उनीहरू जोत्छन् र खान्छन् । भूमिमा दरबार बनाएर बस्नेलाई हक दिनुको साटो खाली पेटमा चारो, ओठमा हाँसो, विद्यालय जान नसक्नेलाई विद्यालय तत्कालिन समयको समाजवाद थियो । प्रजातन्त्र र समाजवाद एउटै रथको चक्का यस अर्थमा भनिएको थियो । बीपीले भनेजस्तो नेपालजस्तो गरीब मुलुकका लागि विकासको मोडल पश्चिमी विकसित समाजले प्रदान गर्न सक्दैन । उच्च प्रविधिको आयात हामीलाई सुहाउन्न । हामीलाई अहिले प्रयोग गरिरहेको प्रविधिभन्दा माथिल्लो तहको प्रविधिको जुन वकालत गरेका थिए ।
वास्तवमा त्यो ट्रान्सफर अफ टेक्नोलोजीकै रूप हो । वास्तवमा नेपालका लागि एटी अर्थात एप्रोप्रिएट टेक्नोलोजी र आईटी अर्थात इण्टरमेडियट टेक्नोलोजीमा विकसित देशले हामीलाई पहिलो प्रविधि कुनै हालतमा दिंदैनन् । बीपीले यसको लोभ पनि देखाएका छैनन् । दोस्रो प्रविधि भनेको अरू विकसित देशमा प्रयोग भइसकेको प्रविधि हो, जसलाई मध्यमवर्तीय प्रविधि हस्तान्तरण गरेर मुलुकको मुहार फेर्ने हो भने आर्थिक विकासमा समृद्धिको खाका कोर्न खोजेका वर्तमान दुईतिहाइको नेकपाको सरकारले अब यो मुलुकको परिवर्तन डोको र कोदालोबाट हैन, ससाना प्रविधिबाट जनताको जीवनस्तरमाथि उठाउन सकिन्छ ।

अबको दिनमा उत्पादन नाफाले हैन, सेवाको भावले कोही काम गर्दैन । त्यसैले जोखिमपूर्ण साहस गर्ने उद्यमी व्यवसायी भएमा मुलुकमा बेरोजगारी समस्याको समाधान हुन सक्ने भएकाले चुनाव लडेर सत्तामा पुगेकाहरूले जोखिमपूर्ण साहस गर्ने उद्यमी जन्माएर धनी र गरिबबीचको खाडल पुर्न सक्ने वातावरण बनाउन आवश्यक छ । आखिरमा नेपालको संविधानको उद्देश्य पनि समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने नै हो । त्यसैले धेरै भयो चतुर्मास पुराण लाएजस्तो बीपीको समाजबाद धेरैले एलास्टिकजस्तो गरेर तान्ने र खुम्च्याउने मात्र गरेका छन् । कार्यान्वयनमा ल्याउन कसैले खोज्दैनन् ।