सैनिक कारबाहीमा १८ मारिए

कन्दाहार/एजेन्सी– अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतंककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

तालिबान आतंककारी लुकेर बसेको आशंकामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो । सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिएको पुष्टी गरे । सरकारको विरोधमा वर्षौंदेखि युद्धरत तालिबान समूहले भने कारबाहीबारे केही उल्लेख गरेको छैन ।