मोदी प्रतिपक्षी कांग्रेसप्रति आक्रामक

नयाँ दिल्ली/एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको कडा आलोचना गरेका छन् । कांग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका मोदीले कांग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाए । उनुभयो ।

आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उनले गत चार वर्षमा कांग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री मोदीले कांग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको तर अहिले भइरहेका राम्रा कामहरुको पनि अनावश्यक आलोचना गरेको तर्क गरे ।

आउँदो बर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुन लागेकाले प्रधानमन्त्री मोदी विपक्षीप्रति बढी आक्रामक देखिन थालेका हुन् । भारतमा आगामी निर्वाचनमा पनि प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल भारतीय कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।