जलविद्युत् क्षेत्रमा सरकार क्रियाशील

काठमाडौं/रास– राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युत्सम्बन्धी ठूला आयोजना निर्माणमा सरकार क्रियाशील रहेको बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालनमा ल्याइएको ‘जलविद्युत् विकासका उपलब्धिहरु र देखिएका चुनौती’ विषयक कार्यक्रममा ओलीले त्यस्तो कुरा बताएका हुन् । उनले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि कयौं नीतिगत कुरा अगाडि बढाएको जनाउँदै मन्त्री र ब्युरोक्रेसी गहन रूपले लागिरहेको बताए ।

त्यसैगरी, कार्यक्रममा ऊर्जा मन्त्रालयका जलविद्युत् महाशाखा प्रमुख सहसचिव दिनेश घिमिरेले स्थिर सरकार भएका कारण यथार्थपरक ढंगबाट मुलुक अगाडि बढिरहेको हुनाले अब ऊर्जा क्षेत्रमा पनि विकासले तीव्रता पाउने धारणा राखे ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जलविद्युत् क्षेत्रमा विकास र विस्तारमा विद्युत् प्राधिकरण अगाडि बढेको जनाए । घिसिङले नाजुक अवस्थामा रहेको प्राधिकरण दुई वर्षयता नाफामा जान सफल भएको बताए ।

घिसिङले प्राधिकरणको कयौं चुनौती रहेको जनाउँदै जलविद्युत् विकासका लागि डिस्ट्रिब्युसन सिस्टम र लगानी प्रमुख आवश्यकता भएकाले यस विषयमा ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले महŒवपूर्ण कार्यहरु अगाडि बढाएको बताए । बिजुलीका तार झर्ने कारण धेरै व्यक्तिको मृत्यु भइरहेकाले सुरक्षाका लागि तारका पोल हटाउनेतर्फ प्राधिकरण अगाडि बढेको जनाए ।