एलए पौडी शनिबारदेखि

काठमाडौं÷रास– लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १७औं एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ६० विद्यालयका करिब ३ सय खेलाडीको सहभागिता रहने एलएका ईसीए इन्चार्ज विजयप्रकाश महर्जनले जनाएका छन् । नेपालगन्जबाट पनि टिम सहभागी हुनेछ ।

ब्वाइज र गल्र्समा समान २५–२५ गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछ । गत संस्करणको उपाधि लिंकन स्कुलले जितेको थियो ।