विशाललाई स्वर्ण

काठमाडौं/रास– दिलीप स्मृति तेक्वान्दो डोजाङका विशाल लामाले पाँचौं इचंगुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।

इचंगुनारायण डोजाङको आयोजनामा इचंगुनारायण मन्दिर परिसरमा भएको प्रतियोगिताको पुरुष ३७ केजीमुनि फाइनलमा विशालले ढल्कोका विशाल मोक्तानलाई पराजित गरे । लैनचौरका सुइकर रजक र चन्द्रागिरिका सञ्जय भण्डारी तेस्रो भए ।

पुरुष ३३ केजीमुनि न्यु क्रिएटिभका सिद्धार्थ बलामी पहिलो भए । उनले फाइनलमा चन्द्रागिरिका विराज तामाङलाई हराए । टोत्लसका सुमन उप्रेती र ढल्कोका विफो तामाङ संयुक्त रूपमा तेस्रो भए ।

प्रतियोगिताको प्रदेश सांसद प्रकाश श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा विभिन्न ३५ डोजाङबाट ४५० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रत्येक तौल समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १÷१ हजार नगद पुरस्कार पाउनेछन् ।