एआईए सेमिफाइनलमा

काठमाडौं/रास–  अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) स्कुल नवौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । एआईएले काठमाडौं जेभियरलाई १५–११ ले हराउँदा शीतल क्षेत्रीले सर्वाधिक ८ अंकको योगदान दिएकी थिइन् । त्यस्तै, गल्र्सतर्फ नै एसियन, चाँदबाग र हेम्सले पनि सेमिफाइनलमा स्थान बनाए । एसियनले अल्बर्टलाई १८–१४ ले पराजित ग¥यो । एसियनको जितमा आकृति थापाले ७ अंक योगदान गरिन् । चाँदबागले ह्विच किड्समाथि २५–९ को जित निकाल्यो । विजेताकी अदिती गुरुङले १० स्कोर गरिन् । हेम्सले सेबमाथि २५–२४ को कठिन जित दर्ता ग¥यो । हेम्सकी सुनिता सुनुवारले १९ अंक जोडिन् ।

ब्वाइजमा काठमाडौं जेभियर, अल्बर्ट, हेम्स र मार्टियसले सेमिफाइनल यात्रा तय गरे । काठमाडौं जेभियरले ह्विच किड्सको चुनौती ५२–३७ ले समाप्त पा¥यो । विजयी टिमका लागि सञ्जीव मगरले २९ अंक जोडे । अल्बर्टले स्पाङगेललाई ५१–४४ ले निराश पा¥यो । अल्बर्टका सरोज कार्कीले ३९ अंक जोडे ।

हेम्सले एआईको यात्रा ४१–२९ ले पूर्णविराम लगायो । हेम्सका कौशल शर्माले १५ स्कोर गरे । केईएसविरुद्धको खेलमा मार्टियस ३६–३२ ले विजयी भयो । मार्टियसका आदर्श बस्नेतले १६ अंक जोडे ।