नमुना बौद्ध मास्टर्स चेस सुरु

काठमाडौं/रास– नमुना बौद्ध मास्टर्स चेस च्यापम्यिनसिप बिहीबारबाट सुरु भएको छ । माबर््ल टेक्नोप्लास्टका सीईओ पवनकुमार सञ्चितिले च्याम्पियनसिपको उद्घाटन गरे ।

नमुना बौद्ध चेस क्लबद्वारा आयोजित चेस प्रतियोगिता गुह्येश्वरी बौद्ध टाउनप्लानिङमा रहेको नमुना पार्कमा चार दिनसम्म चल्नेछ । प्रतियोगितामा नेपाल च्याम्पियन फिडे मास्टर,  सीएम, एफएम, डब्लूएफएमसहित ३८ खेलाडीको सहभागिता रहनेछ । स्विस लिग प्रणालीमा हुने प्रतियोगिता सात चरणमा हुनेछ ।

१ लाख ५५ हजार पुरस्कार राशि रहेको प्रतियोगिताका च्याम्पियनले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार तथा पाँचौ र छैटौं हुनेले १०÷१० हजार रुपैयाँ पुरस्कार राशि पाउनेछन् । बेस्ट महिला र बेस्ट नमुना बौद्ध चेस क्लब विधाको राशि १०÷१० हजार रुपैयाँ छ । प्रतियोगिताको पुरस्कार वितरण ३१ भदौमा युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको चिफ आर्बिटर आईए उमेश केसी चौलागाईं र आर्बिटर हर्कराज राई रहेका छन् ।