मनकामना मन्दिरको पूर्ननिर्माण सम्पन्न

राजधानी संवाददाता/गोरखा ।

प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ । १३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो ।

जीर्ण भएको मन्दिरलाई ०७२ साल बैशाखमा गएको विनाशकारी भुकम्पले क्षति पु¥याएपछि निमाण सुरु गरिएको नेपालको एकमात्र ऐतिहासिक मनकामना मन्दिरको जिर्णेद्धार कार्य सम्पन्न भएको हो  ।

सरकारको चार करोड र भक्तजनको आठ करोड रुपैयाँले मन्दिर जीर्णोद्वार गरिएको अध्यक्ष श्रेष्ठलले जानकारी दिए ।  जीर्णोद्वार गरिएको मन्दिरमा तामाको पातामा सुनको जलपले पोतिएको छ । मन्दिर पुरै सुनौलो देखिएको छ । सुनकै जलप लगाएर गजुर समेत राखिएको छ ।

 ०७२ असारबाट निर्माण सुरु गरिएको मन्दिर पुर्न्निर्माणको काम सकिएको मनकामना जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ जानकारी दिए । ‘पुरात्वले गरेको स्टमेट अनुसार मन्दिर निर्माणको सकियो’ उनले भने ‘जिर्णोद्धारका लागि बनाइएको खट पनि झिकिसकेका छौ ।’

मन्दिर निर्माण सम्पन्न भएपनि आँगनमा ढुङ्गा छाप्ने काम बाँकी रहेकाले अहिले नै भक्तजनका लागि भने खुल्ला गरिएको छैन् । ‘मन्दिर बाहेक बाहिरको काम बाँकी छ’ उनले भने ‘त्यो काम छिट्टै सकियो भने दशैबाट भक्तजनका लागि मन्दिर खुल्ला गर्ने सोच बनाएका छौ ।’

भूकम्पपछि देशका धार्मिक तथा पुरातात्विक संरचनाको पुनर्निर्माणले गति लिन नसकेको अवस्थामा गोरखास्थित मनकामना मन्दिरको काम भने पुर्ननिमार्ण सम्पन्न भएको हो ।

सत्रौं शताब्दी अर्थात करिब ३५० वर्ष पहिले बनेको दुई तले मन्दिर अहिले पुरानै ढाँचा र स्वरूपमा पुनर्निर्माण गरिएको छ । पेगोडा शैलीमा निर्माण भएको यो धरोहरको जग १९९० सालको भूकम्पले सामान्य हल्लिएको अनुमान स्थानीयको भनाइ छ । त्यसपछि २०४५ र २०६० सालमा आएको भूकम्पले केही ढल्केको थियो ।

गत वर्ष नै निर्माण सम्पन्न गर्ने भनिएको उक्त मन्दिर भूकम्प, नाकाबन्दी, काठ अभाव लगायतका कारणले तोकिएको समय भन्दा झण्डै एक वर्ष ढिलो सम्पन्न भएको हो । नेपालकै ऐतिहासिक मनकामना मन्दिरमा दिनहुँ हजारौ भक्तजनहरूले पुजाआजा गर्ने र्छन् ।

अहिले मन्दिरको हातामा जस्ताले बारिएको प्रतिमा स्थलबाट पूजाआजा भइरहेको छ । नयाँ मन्दिरबाट पुजा सुरुचारु गरेपछि भक्तजनको चाप झनै बढ्ने विश्वास गरिएको छ ।

मनकामना मन्दिरको महत्व

मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थान हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको इच्छा पूरा गर्ने भगवती वा देवी रूपमा मनकामनालाई पुजिन्छ ।

मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । मानिसहरू अहिले पनि यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरू आफ्नो भाकल चढाउन यो मन्दिरमा पुग्छन् ।