ज्यान मारेको अभियोगमा एक किशोर जेल चलान

विश्वनाथ सिम्खाडा/कालिकोट ।

कालिकोट जिल्लामा १७ वर्षिय एक किशोर ज्यान मारेको अरोपमा कारागार चलान भएका छन । जिल्लाको खाडाचक्र नगरपालिका वडा नं २ साविकको भर्ता निवासि १७व र्षियसुर वहादुर मल्ल ज्यान मारेको आरोपमा प्रहरी अनुसन्धान पछि जिल्ला आदालत कालिकोटले थुनछेक आदेश जारी गदै कारागार चलान गरेको हो ।

साउन १० गते राती स्थानीय हुल्म वजारमा जुवातास खेलिरहेका वेला भएको बिवादले उग्र रुप लिँदा शुभकालिका २ साविकको भर्ता ९ का भरिन्द्र वहादुर शाहीको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुर वहादुर मल्ललाई थुनामा राखेर अनुसन्धान गर्दा दोषी देखिएको भन्दै थप अनुसन्धानका लागि थुनछेकको आदेश लिएर अदालतदले कारागार चलान गरेको श्रेस्तेदार शोभाकर खरेलले बताए ।

अनुसन्धानकै प्रक्रियामा रहेकाले पुर्ण मानव अधिकारका आधारभुत मान्यतालाई परिपालना गर्दैै सुरक्षाका साथ राखेर अनुसन्धान भएको २५ दिन पछि अदालत पेश भएका सुर वहादुर मल्ल सहित पाँचै जनालाई थुनछेक आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक निरोज चौलागाँईले बताए । किशोर मल्ललाई त्यही घटनामा रहेको र मार्ने काममा सहभागी भएको जाहेरी आएकाले प्रक्राउ गर्नु परेको उनकोे भनाई छ । अनुसन्धानको रिर्पोटले पनि मान्छे मर्दा उनिहरु लगाएत अन्य केही ब्यक्तिहरु दर्शक भएको भन्दै अदालतले शंका गरेर थप अनुसन्धानका लागि थुनछेक आदेश गरेको श्रेस्तेदार शोभाकर खरेलले बताए ।

सुर वहादुर मल्ल र अरुले जुवा खेलिरहेको वेला दर्शक रुपमा सहभागीभएको पाईएको छ ।उनले जुवातास र मदिरा सेवन नगरेको भएपनि बिवाद पछि निम्तीएको उग्ररुपमा मान्छे मर्दा अरुलाई खवर नगरेको र आफु पनि मृतकलाई वचाउन तिर अग्रसर नदेखएिको आरोप लागेको छ । उनले अरुलाई खवर गरेको भएकुनै पनि समस्या नहुने अनुसन्धानमा सामेल प्रहरीको भनाई छ । सुरत संगै मुख्यअभियुक्त ठानिएका कटवहादुर शाही, त्यहाँ रहेका अबिराज शाही, कालि बिष्ट र होटल मालिक राजवहादुुर शाही रहेका छन । पिडित पक्षले भने भरिन्द्रवहादुर शाहीलाई उनिहरु सबैले मारेको दावि गदै आएका छन । सुर बहादुर मल्लले यसै वर्ष एसईई परिक्षा दिएका थिए ।