मृतकलाई बचाउन सहयोग नगरेको भन्दै १७ वर्षिया किशोर जेल

विश्वनाथ सिम्खाडा, कालिकोट । कालिकोट जिल्लामा १७ वर्षिय किशोर ज्यान मार्ने काममा सहभागी भएको अरोपमा कारागार चलान भएका छन । जिल्लाको खाडाचक्र नगरपालिका वडा नं २ साविकको भर्ता निवासि १७ वर्षिय किशोर सुर वहादुर मल्ललाई ज्यार्ने काममा सहयोगी भएको आरोपमा प्रहरी अनुसन्धान पछि जिल्ला आदालत कालिकोटले थुनचेक आदेश जारी गदै कारागार चलान गरेको हो ।

साउन १० गते राती स्थानिय हुल्म वजारमा जुवातास खेलिरहेका वेला भएको बिवादले उग्र रुप लिदा शुभकालिका २ साविकको भर्ता ९ का भरिन्द्रवहादुर शाहीको मृत्यु भएको थियो । उक्त घटनामा संलन्न भएको आरोपमा प्रहरीले सुर वहादुर मल्ललाई थुनामा राखेर अनुसन्धान गर्दा दोषी देखिएको भन्दै थप अनुसन्धानका लागि कारागार चलान गरेको श्रेस्तेदार शोभाकर खरेलले बताए ।

अनुसन्धानकै प्रक्रियामा रहेकाले मानव अधिकारका आधारभुत मान्यतालाई परिपालना गदै सुरक्षाका साथ राखेर अनसन्धान भएको २५ दिन पछि अदालत पेश भएका मल्ल सहित हत्यामा संलग्न अन्य पाँच जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक निरोज चौलागाईले बताए । किशोर मल्ललाई मार्ने काममा सहभागी भएको जाहेरी परेकाले प्रक्राउ गर्नु परेको प्रहरीको भनाई छ ।

मल्ल जुवाखालका दर्शक थिए

मल्ल अरुले जुवाखेलिरहेको वेला दर्शक रुपमा सहभागी भएका थिए । जुवाडेहरु विच विवाद भएर मान्छेको हत्या हुन्दा समेत अरुलाई खवर नगरेको र मृतकलाई वचाउन कुनै पहल नगरेको आरोप लागेको छ । मुख्य अभियुक्तका रुपमा कटवहादुर शाही, अबिराज शाही, कालि बिष्ट र होटल मालिक राजवहादुुर शाही रहेका छन । पिडित पक्षले भने भरिन्द्रवहादुर शाहीलाई उनिहरु सबैले मारेको दावि गदै आएका छन ।किशोर वालक मल्लले यसै वर्ष एसईई परिक्षा दिएका थिए ।