छिमेक लघुवित्तको सेयर धनी मालामाल, ४० प्रतिशत बोनस


राजधानी समाचारदाता, काठमाडौ । छिमेक लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशन नगद गरी कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छिमेकले जनाएको छ ।

हाल यस लघुवित्तको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । अहिले घोषणा गरेको १८ प्रतिशत बोनस सेयरपछि भने पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा छिमेकले ६६ करोड ३८ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ९० पैसा छ ।