यु–१९ क्रिकेटमा नेपाल भारतसँग ८ विकेटले पराजित

काठमाडौं । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’ सँग पराजित भएको छ ।
लखनउस्थित एकाना अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि वाईभी राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक÷एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने ।
तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार÷चार विकेट लिए ।