बेंसीसहर चामे सडकखण्डमा पहिरो जाँदा सवारी ठप्प

जनक श्रेष्ठ, लमजुङ । मनाङको एक मात्र बेसीसहर चामे सडकको विभिन्न ठाउँमा ठुलो पहिरो जाँदा सवारीसाधन ठप्प भएको छ । मंगलबारदेखि भएको भारी बर्षाको कारण बुधबार दिउँसो करिब ३ बजेदेखि बेसीसहर चामे सडकको विभिन्न ठाउँमा पहिरो जादा सडक अवरुद्घ भएको हो ।

बेसीसहर नगरपालिका ६ खरखरे पहिरोदेखि मस्र्याङ्दी गाउँपालिका ४ च्याम्चेसम्ममा ठुलो ठुलो पहिरो जादा सडक कहिलेदेखि खुल्ने निश्चित नभएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।

‘खरखरे, खुदी, भुलभुले, रामबजार, अर्खलेर्बेसी, श्रीचौर, घोप्टेभीर, काप्रेभीर, जगत, सिउँरुङबेंसी, च्याम्चे लगायतको ठाउँमा ठुलो पहिरो गएकाले चाडै खुल्ने सम्भावना छैन ।’ उनले भने । बेला बेला पहिरो जाने गरेको समेत प्रनाउ ढकालको भनाई छ ।

अर्खलेर्बेसीमा डिभिजन सडक कार्यालय दमौली, मस्र्याङ्दी करिडोरमा निर्मार्णाधिन आयोजनाका एक्साभेक्टर र डोजरले बाटो खुलाउने प्रसास गरिरहेको छ । पहिरोले सडकको ठाउँठाउँमा क्षतविक्षत बनाएकाले सडक खुल्न करिब महिना दिन लाग्न सक्ने संकेत देखिएको ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बुधबार पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो भने, ३ जना बेपत्ता छन् । कयौँ यात्रु तथा पर्यटकहरु बाटोमै अलपत्र परेका छन् । नेपालीहरुको महान चाड दसै तिहारको मुखमै यात्रुहरु आवतजावत गर्नलाई मात्रै होइन लमजुङको उत्तरी भेगका बासीन्दा र मनाङबासीलाई चाहिने सामाग्रीहरु समेत लैजान नपाउँदा निकै समस्या हुने देखिएको छ ।

केही ठाउँको सडक खुलेपनि रामबजार लगायतको स्थानको सडक खुलाउँनका लागि केन्द्र सरकारलाई पहल गर्नका लागि अनुरोध गरेको प्रमुख झंकनाथ ढकालले बताए ।