चिनियाँ राजदूत जंगीअड्डामा, प्रधानसेनापतिलाई दिइन् बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई भेटेर बधाई दिएकी छन् ।

प्रधानसेनापति थापासँग भेटका लागि राजदूत होङ शुक्रबार दिउँसो जंगी अड्डा पुगेकी थिइन् ।

सो भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा समेत छलफल भएको जंगी अड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यसअघि, भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि प्रधानसेनापति थापालाई जंगी अड्डामै पुगेर बधाई दिएका थिए ।