बजेट बाँडफाडमा कुरा मिलेन, एक दर्जन नगरसभा अनिश्चित

रमेश तिमलससिना/रौतहट
रौतहटका स्थानीय तहमा बजेट बाँडफाडमा कुरा नमिल्दा एक दर्जन स्थानीय तहका नगर सभा अनिश्चित भएको छ ।

बजेट बाँडफाडमा सहमति नबन्दा रौतहटका १ गाउँपालिका र ११ वटा नगरपालिकाको नगर र गाउँसभा अनिश्चत भएको हो ।

जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न बाहना बनाएर नगरसभा पछि सारेको भएपनि मुख्य कुरा बजेट बिनियोजनमा जनप्रतिनिधिहरुबीच सहमति हुन नसक्दा अन्यौलता उत्पन्न भएको हो ।

जसका कारण ति स्थानीय तहका काम कारबाही नै प्रभाबित भएका छन् । नेपाल सरकारले असार १५ भित्र नगरसभा सम्पन्न गर्न समय तोेकेको भएतापनि राजनीतिक दलहरुको आ–आफनै होडका कारण नगर विकास मै समस्या आउन थालेको छ ।

जिल्लाको सबै भन्दा ठूलो चन्द्रपुर नगरपालिकामा नगरसभाका लागि धेरै पटक नगर कार्यपालिकाको बैठक बस्दा पनि सहमति जुटन नसक्दा अन्यौलता नै रहेको छ ।

रकम अनियमिताको कारण नगरसभा अन्यौलमा रहेको एक पक्षले बताएको छ । गडीमाई नगरपालिकामा लेखापालले हिसाब नबुझाउँदा नगर सभा गर्न कठिनाइ भएको सो नगरका नगर प्रमुख श्याम प्रसाद यादवले बताए ।

नगर सभा गर्न दलहरु तथा जनप्रतिनिधिहरुबीच कुनै समस्या नभएको उनले दाबी गरे । सो नगरका लेखापाल विमल मिश्रले कार्यपालिकामा हिसाब नदिँदा समस्या भएको यादवको भनाइ रहेको छ ।

लेखापाल मिश्रलाइ गत असार २७ गते विकासको कामको भुक्तानी नदिएको भन्दै स्थानीयले हातपात गरेपछि सो नगरमा गएका छैनन ।

यता कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह कर्तव्य ज्यान मुद्दामा जेल परेपछि नगर परिषद अन्यौलमा छ । उप–प्रमुख नुरजहाँ खातुनले नगर सभा गर्न पटक पटक कोशिस गरेपनि अझै सफल हुन सकेको छैन ।

उप प्रमुख खातुनलाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगर प्रमुखको कामकाज समेत गर्नु भनेर पत्राचार गरेको भएपनि राजनीतिक खिचातानीको कारण नगर सभा हुन सकेको छैन ।

पुरुषबादी सोचको कारण नगरसभा गर्न केही अराजक तत्वले नदिएको उप प्रमुख खातुनले आरोप लगाइन् ।

तत्काली नेकपा माओवादीका तर्फबाट विजयी भएका नगर प्रमुख सियाराम कुशवाह अहिले जेलमा छन् । उपप्रमुख पनि सोही पार्टीबाट निर्वाचित हुन् ।

सो नगरमा नेकपाको बहुमत भएको भएता पनि सोही पार्टीका केही व्यक्तिहरुले आर्थिक चलखेल गर्न नपाएपछि नगर सभामा ढिलाइ भएको उनको आरोप छ ।

गुजरा नगरपालिकामा पनि बजेट विनियोजनको रोगको कारण नै नगर सभा हुन सकेको छैन ।

श्रोत अनुमान तथ बजेट सिलिङ सिमा निर्धारण समितिले नगरको बजेट विनियोजन नगर्दा नगर सभामा ढिलाइ भएको हो ।

श्रोत अनुमान तथ बजेट सिलिङ सिमा निर्धारण समितिले बिजेट विनियोजन गर्ने बितिकै नगर सभा हुने सो नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए ।

आउदो असोज १८ गते नगर सभा गर्ने कार्यपालिकाले निर्णय गरेको प्रमुख तिवारीले जानकारी दिए । हाल सम्म गौर, मौलापुर, बौधीमाइ ईशनाथ, परोहा नगरपालिका र यमुनामाइ गाउपालिकाले नगर÷गाउ सभा गरिसकेका छन ।

चन्द्रपुर, गरुडा, बृन्दावन, फतुवा बिजयपुर, राजदेवी, राजपुर, गढीमाई, माधवनारायण, राजदेवी, राजपुर, देवाही गोनाही, गुजरा नगरपालिका र दुर्गा भगवती गाउँपालिकाको विवादका कारण नगर सभा हुन नसकेको हो ।