काग्रेस वरिष्ठ नेता पौडेल युरोप भ्रमणमा

काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एक साताभन्दा लामो भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५ औं वीपी जयन्तीका अवसरमा हुन लागेको ‘नेपालको संघीयता कार्यान्वयन, चुनौती र नेपाली काग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन पौडेल शुक्रबार साँझ युरोप प्रस्थान गरेका हुन् ।

नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता पौडेल असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।