निर्मला पन्त हत्या प्रकरण सरकारको अग्नि परीक्षाः केसी

भीमदत्तनगर । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताएका छन् ।

अनेरास्ववियु छैठौंको दशौं जिल्ला अधिवेशनको उदघाटन गर्दै उनले भने, ‘बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।’

अध्यक्ष केसीले अनुसन्धान लम्ब््याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्दै उनले भने ‘अपराधी लुकाउने षड्यन्त्र भए निर्मला मारिएका÷मा¥यै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन ।’

फरक प्रसङ्गमा उनले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले संघीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा संघीयता आवश्यक नभएको धारणा व्यक्त गरे ।