शुक्रवार २ कार्तिक, २०७५ (Friday, 19th October 2018)
२ कार्तिक, २०७५ (19 October 2018)

सएसपीमा ६ जना सिफारिस

2 years ago

काठमाडौं / रास– सशस्त्र प्रहरी बलका ६ जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिसमा परेका छन् । गृह सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले एसएसपी बढुवाको सिफारिस गरेको हो ।

बढुवामा सिफारिस हुनेमा क्रमशः अभि खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गा भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् । बढुवा सिफारिसमा परेका शाक्य नेपाली सेनाबाट र अन्य पाँचजना प्रहरीबाट सशस्त्रमा आएका हुन् ।

बढुवा सिफारिस भएपछि उजुरीको म्याद एक सातासम्म रहेको छ । सो समयभित्र कुनै उजुरी नपरे उनीहरूको एक सातापछि मन्त्रीस्तरीय बैठकले बढुवा अनुमोदन गर्नेछ ।