शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

ज्वरोका बिरामी बढे

3 years ago
15/08/2016

काठमाडौं-रास

काठमाडौं उपत्यकामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा रुघाखोकी र भाइरल ज्वरोका कारण विद्यालयमा समेत विद्यार्थीको संख्यासमेत घटिरहेको छ ।

fever-310721_960_720टेकु अस्पतालमा रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामी संख्या बढ्दै गएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुुर पुनले जानकारी दिए । अस्पतालमा दैनिक २० भन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको उनले जानकारी दिए । ‘यो वर्ष  इन्फ्लुएन्जा ‘बी’ युवामा कडा रूपमा देखिएको छ,’ डा. पुनले भने, ‘साधारणतया बी नरम हुनुपर्ने भए पनि अहिले यसले कडा रूपमा किशोरकिशोरीलाई प्रभावित पारेको छ ।’

महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बिरामीले समयमै होसियारी नअपनाए भाइरल ज्वरोले सताउने बताए ।

‘कामज्वरो आउने, जाडो हुने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, जोर्नी दुख्ने र कहिलेकाही“ वाकवाक लाग्नेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेका छन्,’ उनले भने, ‘रगत परीक्षण गर्दा इन्फ्लुएन्जा बी पाइएको छ ।’ बर्खा लागेपछि हिलो र पानी जम्ने भएकाले यो समय सरुवा रोगको संक्रमण बढी देखिने महाशाखाका निर्देशक मरासिनी बताउ“छन् । यसबाट बच्न भिडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खाने सल्लाह पनि उनले दिए ।

(Visited 7 times, 1 visits today)
Loading comments...