बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

असिनाले गहुँ बालीमा क्षति

2 years ago

असिनाले गहुँ बालीमा क्षति

धनगढी / रासस– डोटी जिल्लामा शुक्रबार परेको असिना–पानीले पाक्न लागेको गहुँ  बालीमा ठूलो क्षति  पु¥याएको छ । झन्डै डेढ घण्टासम्म हावाहुरीसहित परेको असिना–पानीले डोटीको दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआई सिंहलगायतका गाउँपालिकाको हजारौं रोपनी जग्गामा लगाइएको गहुँ, जौं बालीका साथै फलफूल सखाप बनाएको बडिकेदार गाउँपालिकाका कृष्णबहादुर चन्दले जानकारी दिए ।

बाक्लो र यति धेरै असिना अहिलेसम्म परेको देखेको थिइनँ भन्दै उनले यो असिनाले यहाँको गहुँबाली सखाप पारेको बताए । यस असिना पानीले कैलाली जिल्लाको चुरे पहाड क्षेत्रका गाउँपालिकाको बालीमा समेत क्षति पु¥याएको उनको भनाइ छ । असिना–पानीले फुल्न लागेका सुन्तला र पाक्न लागेको काफलमा समेत क्षति पु¥याएको छ ।

(Visited 384 times, 1 visits today)
Loading comments...