शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

अझै दर्शकको मनमा छिन् दिव्या

2 years ago
10/04/2017

मुम्बई / एजेन्सी– दिव्या भारती कम उमेरमै यस्तो नायिका बनिन्, जसको साथमा काम गर्न निर्देशकहरू लाइन लाग्थे ।सन् १९९२ मा तीन हिट फिल्ममा काम गरेकी दिव्याको ५ अप्रिल १९९३ मा १९ वर्षको उमेरमा निधन भएको थियो ।

लगभग रातको ११ बजे दिव्या मुम्बईको वर्सोवामा आफ्नो अपार्टमेन्टको कौसीबाट खसेकी थिइन् । बिहानसम्म फिल्म उद्योगमा उनको निधन भएको खबर फैलिसकेको थियो । मृत्युपछि रंग, सतरंज र थोली मुद्धु रिलिज भयो । रंगमा दिव्या भारती र आयशा जुल्काले अभिनय गरेका थिए ।

के भएको थियो त्यस रात ?

एक टेलिभिजन अन्तरवार्ताका क्रममा दिव्याको परिवारका सदस्यले भनेका थिए ‘रातीको १० बजेतिर दिव्याले फोन गरेर काम परेर फेसन डिजाइनरको घरमा छु भनेकी थिइन् ।’ आयशा जुल्काले तत्कालीन समयमा दिव्याको निधन भएको विश्वासै गर्न सकिनन् । आयशा भन्छिन्, ‘उनी हरेक काममा हतार गर्थिन् । हामीसँग कुरा गर्दा पनि जिन्दगी छोटो छ हरेक काम छिटो गर्नुपर्छ भन्थिन् ।’

१४ वर्षको उमेरमा अभिनय

१४ वर्षको उमेरमा उनले फिल्ममा अभिनय सुरु गरेकी थिइन् । पहिलो वर्ष एउटा फिल्ममा काम गरेपछि अरू फिल्म पाउन गाह्रो प¥यो । निर्माताहरू उनलाई अभिनय गराउने कुरा गर्थे, तर अरूलाई नै अभिनय गराउँथे । उनले एक वर्ष ब्रेक लिन्छु भन्दै घर गइन् ।

जब उनी छुट्टी मनाउन हिँडिन् । मुम्बई आउने निम्तो आयो र उनले तेलुगु सिनेमामा काम गरिन् । तेलुगु फिल्म बाबिली राजामा काम गरिन् । उक्त फिल्म हिट भएपछि तत्कालीन प्रसिद्ध अभिनेता चिरञ्जीवीसँग काम गरिन् । एक वर्षमै तेलुगु फिल्मको स्टार बनेपछि उनलाई हिन्दी फिल्मबाट प्रस्ताव आउन थाल्यो । उनले १९९२ देखि ९३ का बीचमा १४ भन्दा बढी फिल्ममा अभिनय गरिन् । जुन संख्या हिन्दी सिनेमाका लागि एउटा इतिहास थियो ।

जनावरीमा रिलिज भएको उनको पहिलो हिन्दी फिल्म विश्वात्माको गीत सात समुन्दर पार… हिट भयो । गोविन्दासंग काम गरेको अर्को फिल्म ‘सोला और सबनम’ पनि हिट भयो । जुलाईमा रिलिज भएको शाहरुख खान, दिव्या र ऋषि कपुरको ‘दिवाना’ पनि हिट भयो ।

दिवाना साहरुखको पहिलो फिल्म थियो भने दिब्याको तेस्रो । ‘सोला और सबनम’ को सुटिङका क्रममा निर्देशक साजिद नाडियावालासँग हिमचिम भयो । उनीहरूले सुटुक्क बिहे गरे । जुन कुरा धेरैलाई थाहा थिएन ।

निकै हँसिली थिइन्

आयशा जुल्काको भनाइअनुसार उनी निकै हँसिली थिइन् । साथीभाइका लागि सपिङ पनि गरिदिन्थिन् । ‘क्षत्रिय’ उनको अन्तिम फिल्म थियो । जुन फिल्ममा दिब्या, रबिना, सन्नी र सञ्जय दत्तले अभिनय गरेका थिए ।

रबिना टण्डनको भनाइअनुसार उनी जिद्दी स्वभावकी थिइन्, कसैको कुरा सुन्दैन थिइन् । उनले एक वर्षमा यस्तो उचाइ पार गरिन्, जसका कारण दर्शकहरू आज पनि उनलाई सम्झन्छन् ।

(Visited 7 times, 1 visits today)
Loading comments...