आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

पार्वती बनिन् के कान्छी

2 years ago
11/04/2017

काठमाडौं / रास– मोडल पार्वती राई नयाँ भिडियोमा कान्छी बनेकी छन् । इन्दिरा गुरुङको प्रस्तुतिमा तयार भएको एल्बम ‘वियोग’ मा रहेको ‘हे कान्छी….’ गीतको भिडियोमा पार्वतीको कान्छीको भूमिका निर्वाह गरेकी हुन् । पार्वतीसँगै यो भिडियोमा सुमित गुरुङको अभिनय छ । भिडियोलाई सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ । यो गीत शान्त गुरुङको स्वर, शब्द र संगीतमा तयार भएको हो । मुनाल फिल्मस्ले बनाएको भिडियोमा क्यामरा र सम्पादन खिमबहादुर गुरुङको छ । भिडियोको निर्देशन लक्ष्मण गुरुङले गरेका हुन् । पोखरा आसपासमा छायांकन गरिएको भिडियोका दृष्य सुन्दर बनेको छ ।

(Visited 3 times, 1 visits today)
Loading comments...