आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

मिस मंगोलको खोजी सुरु

2 years ago
11/04/2017

काठमाडौं / रास– आदिवासी जनजाति युवतीहरूको व्यक्तित्व विकासका लागि विगत ८ वर्ष देखि आयोजना हुँदै आएको ‘मिस मंगोल नेपाल’ को नयाँ संस्करणको घोषणा गरिएको छ ।

आयोजक संस्था एक्सन इन्टरटेनमेन्टले राजधानीमा पत्रकार भेटघाट आयोजना गरी नवौं मिस मंगोल नेपाल–२०१७ को प्रतिभा खोजी सुरु भएको जनाएको छ ।

मिस मंगोल नेपाल अब नयाँ शैली र ढाँचामा आयोजना हुने आयोजक अशोक प्यासी राईले बताए । नवौं, दसौं र एघारौं संस्करणको एकसाथ तयारी सुरु गरिएको पनि उनले बताए ।

 सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १०औं संस्करणलाई अन्तर्राष्ट्रिय र सन् २०१९ मा हुने ११औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुने उनले जनाए । ‘मिस मंगोल आयोजना भएको १०औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ शैली र फरक ढाँचामा प्रस्तुत गरिन लागेको हो । दसौं संस्करणको फाइनल विदेशमा आयोजना हुनेछ । प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा लगिनेछ,’ राईले भने । यो संस्करणका लागि आवेदन फारम खुलेको पनि राईले बताए । यसवर्ष काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुने पनि उनले जनाए । अविवाहित आदिवासी जनजाति युवतीले प्रतियोगितामा भाग लिन पाउने पनि उनले बताए ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्यबाट प्रतियोगिताका बारेमा एकमहिने प्रशिक्षण प्राप्त गर्नेछन् । आगामी २७ जेठमा हुने अन्तिम प्रतिस्पर्धाबाट मिस मंगोल नेपाल चयन हुने र विजेताले १ लाख रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गर्ने पनि उनले बताए ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...