आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

धनगढी प्रिमियर लिग काठमाडौं र विराटनगरको जित

2 years ago
12/04/2017

राजधानी समाचारदाता

धनगढी, ३० चैत

धनगढी प्रिमियर लिगको दोस्रो दिनको खेलमा पारस खड्काको कप्तानीमा रहेको आयोजक धनगढी चौराहलाई शरद भेषवाकरको विराटनगर किंसले २३ रनले पराजित गर्दा अर्को खेलमा काठमाडौंले कञ्चनपुरमाथि २४ रनको जित निकाल्यो ।टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरका लागि कप्तान शरद भेषवाकरले ४६ रनको सर्वाधिक ठूलो पारी खेले भने अनिल साहले २८ रन बनाए । त्यस्तै, अमित श्रेष्ठले १९ रन र असिफ सेखले १० रन जोड्दा प्रनित थापा २१ रनमा अविजित रहे । उसले पूरा २० ओभर खेल्दा ६ विकेट गुमाएर १ सय ३४ रनको स्कोर बनाएको थियो ।

जवाफी ब्याटिङ थालेको घरेलु टिमले निकै खराब प्रदर्शन ग¥यो । पहिलो विकेटका लागि २४ रनको साझेदारी गरे पनि धनगढीले मध्यक्रमका ब्याट्सम्यानहरूलाई दोहोरो रनको स्कोर नबनाउँदै गुमायो ।उसका लागि अनिल मण्डलको २४ रन सर्वाधिक रह्यो । उसका ७ ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन् । उसले निर्धारित २० ओभरमा १ सय ११ रन बनायो । कप्तान पारस खड्का २ रनमा पेबिलियन फर्किंदा टिमको आस समाप्त भएको थियो ।धनगढी प्रिमियर लिगअन्तर्गतकै दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले प्रतियोगितामा पहिलो जित हासिल ग¥यो । कञ्चनपुर आइकनिकलाई २४ रनले पराजित गर्दै उसले अंक तालिकामा खाता खोलेको हो ।

दुवै टिम आफ्नो पहिलो खेलमा पराजित भएका थिए । काठमाडौंका भुवन कार्की  म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित  २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

काठमाडौंका लागि आठौं नम्बरका ब्याट्सम्यान भुवन कार्कीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा  ३६ रन बनाउँदै टिमलाई राम्रो स्कोरमा पु¥याए । कञ्चनपुरकालागि अभिनाश कर्णले ३ विकेट लिए भने कमल सिंह ऐरी, कुशल भुर्तेल, सुनिल धमला र सोनु तामाङले समान १ विकेट लिए ।प्रतियोगिताको अहिलेसम्मको सर्वाधिक लक्ष्य पछ्याएको कञ्चनपुरले राम्रो सुरुवात गरेको थियो । सुनिल धमलालाई व्यक्तिगत १४ रनमा गुमाएको कञ्चनपुरले सागर पुन र हासिम अन्सारीबीचको साझेदारीले १० ओभरको अन्त्यमा १ विकेट गुमाउँदै ६९ रन बनाएको थियो ।

राम्रो लयमा रहेकै अवस्थामा ६ चौका प्रहार गर्दै ४० रन बनाएका सागर पुनलाई पनि भुवनले क्याच गरेपछि कञ्चनपुरको लय बिग्रिएको थियो । सागर पुन र हसिम अन्सारीको पतनसँगै रोकिएको कञ्चनपुरले अर्को १३ रन बनाउँदा ५ विकेट गुमाएपछि प्रतियोगितामा लगातार दोस्रो हारको सामना गर्न बाध्य भयो ।

काठमाडौंका लागि कप्तान वसन्तले ४ ओभरमा १२ रन दिएर २ विकेट लिए । त्यस्तै सन्तोष भट्टले २ तथा मञ्जित श्रेष्ठ, सोमपाल कामी र सन्दिप जोहराले १–१ विकेट लिए । कञ्चनपुरले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाएपछि काठमाडौंले सहज जित हासिल गरेको थियो ।

(Visited 99 times, 3 visits today)